Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

विछोडपछिको रात

२०२१ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २६, आईतबार (३ साल अघि)
विछोडपछिको रात

शरण रेग्मी

बेलुकाको पाँच बजेको छ । म एउटा घरको मटनमा रहेको ओछ्यानमा पल्टिरहेको छु । घरको अगाडी आगनबाट जान मिल्ने गरी बनाइएको त्यो कोठा बाहिरबाट जोकसैले अवलोकन गर्दा राम्रो लाग्थ्यो । सिरक, डसना, तकियो, तन्ना सफा र राम्रा थिए । भित्ता सिमेन्टेड थियो । जहाँ सगरमाथा र लुम्बिनीको पोष्टर टाँसिएको थियो । बीचमा एउटा सानो आँखीझ्याल थियो । उक्त झ्यालबाट बाहिरको दृश्य केही देख्न सकिन्थ्यो । त्यो कोठाको एउटा प्रवेश ढोकाबाट हिमालको दृश्य अवलोकन गर्न सकिन्थ्यो । घरको कोठा दक्षिण–पूर्व फर्किएको थियो । अलि तल लिखु खोला छङछङ गर्दै बगेको थियो । खोलोको दायाँबायाँ ठूला–ठूला खेतका फाँटहरु लमतन्न परेका देखिन्थ्यो । फाँटको केही माथि जंगल थियो । जंगल धेरै धना थियो । शिवपुरीको नामले चिनिने उक्त जंगल साह्रै सुन्दर थियो । प्रकृतिको अनुपम छटमा छटमा अवस्थित यो गाउँ सुन्दर थियो तर मेरो लागि यो एक मसानघाट सरह थियो ।
जन्मथलो र कर्मथलोलाई छोडेर आज म फेरी अर्कै ठाउँलाई कर्मथलो बनाउन जादैछु । सम्झन्छु मेरो स्थायीमा नाम ननिस्केको भएपनि हुन्थ्यो । नाम निस्केको थिएन भने त यहाँको यो उजाड ठाउँमा बस्नुपर्ने छ थिएन । १२ वर्षको अनवरत अध्ययन पश्चात् पाएको यो खुशी पनि मेरो लागि खुशी भएन । बाह्र वर्ष श्रीमती, आमा, बासँग सँगै बिताएको ती पलहरु आँखा अगाडी आउन थाले । बिछोड अघिको हिजोको रातभन्दा पनि आज मलाई पिडा बोध भइरहेको छ । हुन त यहाँको विद्यालयको प्र.अ. ले मलाई आफैँ नुवाकोट सदरमुकामसम्म जानुभई मैले कहिल्यै तिर्न नसक्ने गुन लगाइसक्नु भएको छ र आज मलाई जुनघरमा बासको बन्दोबस्त भइरहेको छ । यो पनि उहाँकै देन हो । प्र.अ. ले मलाई रोजाउनु भएको थियो । उहाँको आफ्नै घरमा बस्ने कि अभिभावकको घरमा भनेर । मैले एउटा थ्री क्लासमा बोर्डिङमा पढ्ने बाबुलाई गाइड गर्नुपर्ने र सम्पूर्ण बसोबासकोे जिम्मा लिने भनेकोले म यतातिर हानिएको हो । अन्य विद्यालयका शिक्षक साथीहरुले पनि आफ्नो घरमा जान र बस्न नभनेका होइनन् । साँच्चै म त स्वर्गका भगवानहरुसँग साक्षत्कार भएको र स्पर्गको एक टुक्रामा आफू रहेको जस्तो लाग्थ्यो । एउटा बुढा बा, बुढी आमा, दाइ, भाउजु र थ्रीमा पढ्ने एउटा सानो बच्चा मात्र उक्त घरमा बस्दै आउनुभएके रहेछ । ३० मिनेट अघिमात्र छिरेको मलाई उहाँहरुले राम्रो सेवासत्कार गर्नुभयो । खाजा खाएर म माथि आए थिएँ । म आखी झ्यालबाट दृश्य अवलोकन गर्दै थिए दुःखलाई भुल्न भनेर । आगमनमा १५–१६ वटाको गु्रपमा बाख्रँहरु मकै खाँदै थिए । अगाडीबाट रहेको गोठमा हेरे । दुइवटा ठूला भैसीहरु देखे । मनमनै विचार गरे । काठमाण्डौंमा घरभएको मालिकले पनि कामलाई कति प्यार गरेको ? देखिएका बाख्राहरु र भैसीलाई पाल्न त कठिन मेहनत बिना सम्भव थिएन । मनमनै मेहनती घरमा सदस्यहरुलाई तारिफ गरे । तल कुखुरा हो कि कालिज हो कराएको आवाज आयो । घरबेटी दाजुले कालिज काट्नुभएको रहेछ । जुनकुरा दाजुले मलाई सोधेपछि थाहा भयो । म कोठामा पस्ने ढोकामा बसेर सबै दुश्य हेरिरहेको छु । घरबेटी आमाले दुध दुहेर ल्याउनुभयो र आगनमा दुध पकाउन थाल्नुभयो । उता दाजु भने कालिजको मासु काट्न थाल्नुभयो र भन्नुभयो । सार! हजुरले कालिजको मासु खानुभाछैन होला भनेर कालिज ल्याआको ।
“हे होर दाई । धन्यवाद” म मुसुक्क मुस्कुराउन खोजे तर सकिन । दाजु भित्र वस्तुभयो र सायद मासु पकाउन थाल्नुभयो कि क्या हो । प्याजको गन्ध बाहिरसम्म आइपुग्यो । केही समयपछि मलाई घरबेटी बुबाले खाना खान बोलाउनुभयो । म तल झरेँ । मैले खाजा खाने समयमा भनेको थिए कि बाबुलाई म भोलिदेखि राम्रोँसँग हेरचाह र पठनपाठन गराउँछु भनेर । सायद उनीहरु ढुक्क थिए । कि अब त बाबुको पढाइ सुध्रन्छ भनेर ।
यो घरको परिवारको सदस्यले दिएको सेवा सत्कारले म दङ्ग परे । ज्वाइलाई जस्तै ठूलो सत्कार थियो । गरिब परिवारमा जन्मिएको मैले यत्तिको सत्कार आजको दिनसम्म कतै पाएको थिइन । कालिजको मासु, तील र गोलभेडाको अचार, काउलीको तरकारी, दुध, घ्यू आदि घ्यू बाहेक सबै मेरा लागि मनपर्ने चिजहरु थिए ।विछोडको पिडाले खाना खान मन थिएन । तैपनि मैले खाना खाएँ । घरबेटी आमाले कालिजको मासु थपिदिनुभयो । मैले पुग्यो भन्दा पनि थपिदिनु भएकाले भ्याउन साह्रै गाह्रो भयो । तैपनि मलाई त्यो भोजन मिठो लागेन । विद्यालयमा प्रवेश गरेदेखि घरमा धेरैपल्ट फोन गरे र घरपरिवारको फोन धेरै पटक रिसिभ गरे । मनमनै मैले खाना राम्रोसँग नखाएकोले होला घरबेटी आमाले भन्नुभयो । मास्टरसाप ! चिन्ता लिनुहुँदैन है । खै त मेरो छोरो पनि दश वर्ष हराको हो । इन्डिया गाको रे हामी सबैलाई छाडेर मर्दको छोरोले चिन्ता नलि है ?” पेट भोकै हुन्छ । लाज नमान है । मैले हुन्छ भनेर टाउँको हल्लाए ।साचेको थिए कि जतिसुकै नराम्रो ठाउँ र नराम्रो व्यवहार गरेपनि राम्रो छ भनेर ढाट्ने छु तर ढाट्नुपर्ने वातावरण सिर्जना भएन ।
बेलुकाको खाना पश्चात् नयाँ घरमा नयाँ सदस्यहरुसँग केहीसमय भलाकुसारी भयो । ओछ्यानमा पल्टन पुगे । घरबेटी दाजु मेरो कोठामा पुगेर केही समस्या भए राख्नु है मास्टर साप भन्नुभयो । तल झर्नुभयो । ओछ्यानमा पल्टदै बुढा बा, बुढी आमा, श्रीमती र छोराछोरीलाई एकैपल्ट सम्झिए । पच्चीसवर्ष अघि सहरमा पढ्न जाँदा पनि यत्तिको पिडा भएको थिएन । हिजो आमाले दिनुभएको अर्ती उपदेशहरु सम्झिए । श्रीमतीले बनाएका मिठा–मिठा परिकारहरु सम्झिए र नखाइकन छोडेको कुरा पनि नसम्झेको होइन । छोरा–छोरीसँग बिताएका पलहरु सम्झिएँ । श्रीमतीले आफ्नो भागबाट राम्रो–राम्रो चोक्टा मासु छानेर थपिदिएको पनि सम्झिएँ ।श्रीमतीले आफूले नखाई–नखाइकन मलाई मनपर्ने गोलभेडा र तिलको अचार थपिदिएको सम्झिए । छोराछोरीले हामीलाई छोडेर नजानु है बाबा भनेको कुरा सम्झिएँ । राती तीनपटक सम्म उठेर श्रीमती, छोरा, छोरीलाई एकमासले हेरको सम्झिएँ । श्रीमतीसँग बिताएका ती रमाइला कुराहरु सम्झिएँ । बाले छोरा मान्छे काँटर बन्नुहुँदैन, हक्की बन्नुपर्छ भन्नुभएको कुरा सम्झिएँ । आहाराको खोजीमा मात्र गएको हो । बाबु चिन्ता नगर भनेको कुरा सम्झिएँ । श्रीमतीसँग र छोराछोरीसँग सँगै बिताएका हरेक पलहरु एकपछि अर्को गर्दे आउन थाले । छोरोले “बाबा” भनेको शब्द कानमा गुञ्जियो । छोरीले गालामा आएर किस गरेको स्पर्श भयो । श्रीमतीले राम्रोसँग पढ्नुहोस् र चिन्ता नलिनुस् भनेको प्रेरणादायी शब्दहरु याद आयो । विश्व नै सानो गाउँ बनिसकेको आजको आवश्यकता चित्त बुझाउन हरहमेशा प्रयाश गरे तर सकिन । कता–कता छातीमा सय केजीको वजनले थिचेजस्तो भयो । सबै कुरा सम्झिएर एकमनले भोली नै यो स्थायी जागिरलाई लात हानेर घर फर्कने योजना बनाउन मन लाग्यो । तर मेरा इष्टमित्र, छरछिमेकी, आफन्तजनले के भन्लान् भन्न्े चिन्ता मनमा आयो । यदि जागिर छोडेर गएमा सबैले पागलको संज्ञा दिने कुरामा म सतर्क भने थिए । अर्को मनले फेरी सोच्यो कि एउटा परिवारको मायाले दुःखसित कमाएको यो परिस्थितिसँग खुशी मान्नुपर्छ । आज घाउ आलो छ केही दिनपछि घाउ त ठिक भइहाल्छ नि घाउमा खाटा बसेपछि त सबै कुरा ठीक भइहाल्छ होला नि । सुत्न खोज्छु, निन्द्रा आउदैन । घरी कोल्टे फेर्छु, घरी गीत बजाउने प्रयाश गर्छु, घरी उपन्यास पढ्ने प्रयाश गर्छु, घरी कथा पढ्न खोज्छु, मोबाइलमा प्याक तानेर घरी फेसबुक चलाउन खोज्छु तर सबै कार्यहरु शुरुमात्र गर्छु पूरा गर्न सक्दिन । सबै परिवारको सदस्यलाई सम्झिरहन्छु । आमाको माया आफ्नो ठाउँमा, श्रीमतीको माया आफ्नो ठाउँमा, बाको माया आफ्नो ठाउँमा, छोराछोरीको माया आफ्नो ठाउँमा ! मनमनै साचे कस्तो मायामा झल्केको रहेछ यो संसार ।
भ¥याङबाट घत्र्याङ–घुत्र्याङ गरेको आवाज आयो । म झसङ्ग भएँ । आतमा चिया बोकेर घरबेटी दाजु आउनुभयो र भन्नुभयो । “सर चिया खाने हैन ?” “हुन्छ दाई” मैले भने । वास्तवमा चिया पिउने मन ममा थिएन । परिवारको माया पिउने रहर थियो । मलाई बाहिरबाट चिसो बतासले मलाई स्पर्श गरिरहेको थियो । बाहिर कुकुर एक तमासले भुकिरहेको थियो । स्याल कराइरहेको थियो । सुत्नजाने बेलामा घरबेटी आमाले भन्नुभयो । “मर्दको छोराले चिन्ता लिदैन है मास्टर बाबु ।” आफ्नै परिवारको सदस्यले जस्तै माया दिइरहेको थिए यो घरमा तर पनि मलाई आजको यो रात बिताउन ठूलै युद्ध जितेजस्तै हुने भयो । चियाको घुट्कोसँग साचे । सरुवा गर्न मिलिहाल्छ नि । एउटा परिवारको मायाले आफ्नो र जहानको भविष्य डामाडोल पार्नु भएन भन्ने सोचेर चिया पिउन थाले बाहिर हेरे । चकमन्न रात थियो । श्रीमतीलाई फोन लगाएँ । उताबाट घुक्क–घुक्क रोएको आवाज आयो । मेरो १० वर्षकी छोरी भन्दै थिई । “ममि किन रुनुभएको हजुर?” मे भयो ममि? “के……ही भएको छैन …….. छोरी…।” श्रीमती छोरीलाई भुलाउने प्रयास गर्दै राम्रोसँग बोल्न थाली । चकमन्न अध्यारो रातभन्दा पनि मेरो अनुहार कालो भयो । मनउक्लो भयो । आँखाबाट अनायश आँशुका ठिक्काहरु गालामा झर्न थाले ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0