Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो

नीलकण्ठ एफ.एम १७०३ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २४, शुक्रबार (३ साल अघि)
स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ ।विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयले युएसआइडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा सो स्थानमा कृत्रिम फोक्सो राखेको हो ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले वायु प्रदूषणका कारणले फोक्सोलाई कति असर गर्दछ भन्ने जानकारी गराउन र सचेतना फैलाउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखिएको बताउनुभयो । उहाँले दीर्घकालीन फोक्सोको रोग नेपालमा हुने मृत्युका कारणमध्ये एक रहेको र यसबाट लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणले हुने गरेको जनाउँदै वायु गुणस्तर खस्कँदै गएकाले वायु प्रदूषण कम गर्न चेतना फैलाउन कृत्रिम फोक्सो राखिएको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्राले वायु प्रदुषणसँगसम्बन्धी कानुनलाई कडाइका साथ पालना गरेर उपत्यकाको वायु प्रदूषण घटाउनुपर्ने बताउनुभयो । उपत्यकामा चल्ने पुराना गाडी र इँटाभट्टाले धेरै नै वायु प्रदूषण गराउने उहाँको भनाइ थियो । कार्यक्रम विश्वस्वास्थ्य सङ्गठन नेपालका प्रमुख राजेश पाण्डवले वायु प्रदूषणले फोक्सोमा असर गरिरहेकाले त्यसबारे जानकारी गराउन कृत्रिम फोक्सो राखिएको बताउनुभयो ।

कार्यक्रममा एफएचआइ तीन सय ६० नेपालका प्रमुख भगवान श्रेष्ठले वायु प्रदुुषणले स्वास्थ्यमा ठूलो समस्या आएकाले सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मन्त्रालयको मूलद्वारमा राखिएको कृत्रिम फोक्सो दैनिक वायु प्रदूषणले कति खराब हुन्छ भन्ने देखाउने बताउनुभयो ।

उहाँले कृत्रिम फोक्सोमार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे आमसर्वसाधारण र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणका समयमा सकेसम्म घर बाहिर ननिस्कनेलगायत सचेतना फैलाइने जानकारी दिनुभयो ।

मन्त्रालयको मूलद्वारमा एकातिर रातो रङ्ग स्वस्थ फोक्सो र अर्कोतिर सेता रङ्गको कृत्रिम फोक्सो राखिएको छ । दैनिक वायु प्रदूषणले सेता कृत्रिम फोक्सोलाई कसरी असर पर्दछ भन्ने देखाइनेछ । “तीस दिनको अवधिमा मन्त्रालयको मूलद्वारमा राखिएको जोडी फोक्सोेको रङ्ग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउने छ”, उहाँले भन्नुभयो, “उक्त कृत्रिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइनेछ ।”

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले मन्त्रालयमा कृत्रिम फोक्सो राख्नुका साथै सरकारले वायु प्रदूषणलाई सम्बोधन गर्नका लागि चालेका कदम र वायु प्रदूषणको असरलाई कम गर्न हरेक व्यक्तिले के गर्न सक्छन् भन्नेबारेमा पनि जनचेतना फैलाइने बताउनुभयो ।

सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्कअनुसार विश्वका एक सय ३१ देशमध्ये धेरै वायु प्रदूषण हुने देशमा नेपाल १६औँ स्थानमा रहेको छ । नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार एक सयको मृत्यु भएको थियो भने त्यसमध्ये पाँच हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

  • नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

  • धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

  • बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

  • समाचार
    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0