वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धेरै मानिसले आफ्नो दैनिकी चियाबाटै सुरु गर्ने गर्छन्। यद्यपि आफ्नो स्वास्थ्यको बारेमा बढी चिन्तित हुनेले दूधको चियाको साटो ग्रीन टी मन पराउँछन्।
स्वास्थ्यको हिसाबले ग्रीन टी फाइदाजनक पनि हुने गर्छ। यसमा मुख्यतया भिटामिन ए, भिटामिन ई, भिटामिन बी ५, भिटामिन के, रिबोफ्लेभिन, थायामिन, म्यांगनीज, पोटासियम, कपर, आइरन, अक्सिडेन्ट, पोलिफेनोल जस्ता तत्त्व पाइन्छ।
यी हुन् ग्रीन टी पिउँदा हुने फाइदा–
इम्युनिटी बलियो बनाउँछ– आहारविज्ञ स्वाती बलिथलका अनुसार ग्रीन टीको सेवनले धेरै रोगबाट बच्न सकिन्छ। यसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। ग्रीन टीमा पाइने एन्टिअक्सिडेन्ट पोलिफेनोलिकले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
तौल घटाउँछ– ग्रीन टिको दैनिक सेवनले तौल घटाउन मद्दत गर्छ। यसमा पोलिफेनोल पाइन्छ जसले शरीरको मेटाबोलिजमलाई बढाउँछ। यसबाहेक यसले शरीरमा बोसोको अक्सिडेशनलाई पनि बढावा दिन्छ। यसमा बोसो र कार्बोहाइड्रेट हुदैन जसले शरिरको तौल बढ्न दिँदैन।
तनाव हटाउँछ– ग्रीन टीमा पाइने एन्टिअक्सिडेन्ट पोलिफेनोल र एमिनो एसिडको मात्राले शरीरमा हर्मोन सन्तुलन र मुड ठीक गर्ने काम गर्छ। यसबाट तनावमुक्त हुन सहयोग गर्छ। दैनिक ग्रीन टी पिउनाले शारीरिक थकानका साथै मानसिक तनावबाट पनि कम गर्न सहयोग गर्छ।
मुटुको समस्यामा फाइदा– ग्रीन टीले खराब कोलेस्ट्रोल घटाउन सहयोगी हुनुका साथै राम्रो कोलेस्ट्रोल बढाउन पनि मद्दत गर्छ। यसको नियमित सेवनले रक्तचाप नियन्त्रणमा राख्छ र हृदयाघातको जोखिम पनि कम हुन्छ।
एजेन्सी
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |