धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
सहकारीका व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीइओ वर्कशप) १२ बुँदे साझा सङ्कल्प जारी गर्दै बिहीबार समापन भएको छ ।
सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ९नेफ्स्कून०को संयुक्त आयोजनामा दुई दिन चलेको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।
गोष्ठीले बचत तथा ऋण सहकारीको सेवा स्तरीकरण, संस्थागत दिगोपना र फरक पहिचानका लागि नीतिगत वातावरण तयार गर्न बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि आवश्यक पैरवी गर्ने समेत निर्णय गरेको छ ।
गोष्ठीले जारी गरेको साझा प्रतिबद्धतामा नेफ्स्कूनका सदस्य सङ्घसंस्थालाई जारी गरिएको एकीकृत स्वनियमन मार्गनिर्देशन पालना गर्ने, प्रविधि हस्तान्तरणका लागि विकास भएका स्तरीकरण कार्यक्रममा सहभागी भई संस्थागत विकास तथा सुदृढीकरण गर्ने उल्लेख छ । साथै कोभिड–१९ पछि तरलतालगायत कारणले सङ्कटमा पर्न गएका संस्थाको सुरक्षाका लागि स्वजागरण सहजीकरण प्रणाली विकास र कार्यान्वयन गर्ने गर्ने जनाएका छन् ।
सहकारीको मूल्य र सिद्धान्तमा आधारित व्यावसायिक जनशक्ति विकासका लागि निरन्तर प्रणाली, पद्धति र प्रविधिको अवलम्बन गर्न श्रम ऐनले तोकेका सेवासुविधा तथा सुरक्षाका न्यूनतम शर्तहरु पालना गराउने गोष्ठीमा प्रतिबद्धता जनाइएको छ ।
साझा प्रतिबद्धतामार्फत बचत तथा ऋण सहकारीका लागि व्यवस्था गरिएका नियामकीय प्रबन्ध पूर्णरुपमा कार्यान्वयन, जोखिमको व्यवस्थापन गर्न संस्थागत पुँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने र नियमित जोखिम सुपरीवेक्षण गर्न सीइओहरु सहमत भएका छन् ।
वित्तीय सेवा सबै समुदाय र वर्गमा न्यून लागतमा प्रवाह गर्न प्रविधिको प्रयोग बढाउने, उत्पादन र उत्पादकत्व बढाउन रू पाँच करोडभन्दा माथि कारोबार गर्ने संस्थाले अनिवार्य व्यवसाय विकास सेवा कक्ष स्थापना गर्ने र जनशक्ति व्यवस्थापनमार्फत सदस्यलाई व्यवसाय विकास सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।
देशभरका करिब चार सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखको सहभागिता रहेको गोष्ठीले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने सङ्कल्प प्रस्ताव पारित गरेको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |