धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ । धादिङको नेत्रावती डवजोङ गाउपालिकामा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको पहिलो दिन आज वडा न १ स्थित किन्ताङफेदीमा ५० जना र निमार्चोक ईकाईमा ६२ गरी कुल ११२ जनाले सेवा लिएका छन् ।
जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरर्गतको आज पहिलो दिनमा जांच गराउने क्रममा १५ जनाले उक्त रक्तचापको औषधी र ६ जनाले मधुमेहको औषधी खानुपर्ने देखिएको छ । नेत्रावती डवजोङ अस्पतालका मेडिकल अधिकृत डा. उत्तम थापा मगरको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण सेवा संचालन गरिरहेका छन् ।
कार्यक्रमलाई नेत्रावती डवजोङ गाउपालिका वडा न १ का वडा अध्यक्ष तथा गाउपालिकाका प्रवक्ता ठाकुर गुरुङले आफ्नो रक्तचापको मापन गरि शिविरको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दे वडा अध्यक्ष तथा गाउपालिकाका प्रवक्ता ठाकुर गुरुङले जेष्ठ नागरिकहरुलाई गाउँ गाउँको टोल टोलमा नै स्वास्थ्य सेवा लगाएतका अन्य सेवा दिईने प्रतिवद्धता अनुसार ११ औ गाउँसभाबाट जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रमलाई बजेट बिनियोजन गरि गाउपालिका तथा वडा भित्रका बिभिन्न बस्तिमा शिविर संचालन गरेको बताउनु भएको छ । उहाँले आफुहरुले लिएको प्रतिवद्धता अनुसारको कार्य सुचारु भएको समेत बताउनु भएको छ ।
त्यसेगरी नेत्रावती डवजोङ गाउपालिकाका सुचना अधिकारी तथा स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेलले आगामी दिनमा स्वास्थ विमा लगाएतको अन्य स्वास्थ्य सेवाहरु बिस्तार गर्दै लैजाने बताउनु भएको छ । उहाँले फागुन ५ गते नेत्रावती डवजोङ वडा न १ को निरन्जना मावि मार्पाकमा र वडा न २ को पोखरा ताङजा डाँडामा स्वास्थ्य शिविर संचालन हुने बताउनु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |