धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ । ज्वालामुखी गाउपालिका वडा न ६ स्थित काउलेडाँडा, गैरी गाउँ टोललाई नमुना,सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि काउले डाँडा र गैरी गाउँलाई नमुना,सफा र स्वच्छ गाउँ घोषणा गरिएको हो । ज्वालामुखी गाउपालिका वडा न ६ काउलेडाँडा, गैरीगाउँ टोल बिकास समितिको आयोजना तथा ज्वालामुखी गाउपालिका र शान्ति नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघिय सांसद रामनाथ अधिकारीले व्यक्ति,घर,टोल बाट गाउँ सफा हुने भन्दै सरसफाईले हाम्रो स्वास्थ्य र व्यक्तित्वको पहिचान झल्किने बताउनु भएको छ । उहाँले पालिका अध्यक्ष यामनाथ दनैले लिएको लक्ष पुरा गर्न चासोको साथ हातेमालो गरिदिनुभएकोमा सरोकारवालाहरुलाई धन्यावाद समेत ब्यक्त गनुभएको थियो । सांसद अधिकारीले गाउँको सफा राख्ने दायित्व समुदायको हरेक नागरिकको रहेको भन्दै स्वास्थ्य गाउँ कायम राख्न आवश्यक पर्ने पूर्वाधार विकासमा आफूले सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ । कार्यक्रममा सम्बोधन गर्दै स्वतन्त्र पार्टी बाट प्रतिनिधि सभाका सांसद बन्नुभएका डिपि अर्यालले नमुना,स्वच्छ र सफा गाउँ घोषणाले उक्त स्थानका नागरिकहरुको चेतनास्तर माथिल्लो छ भन्ने संकेत गर्ने बताउनु भएको छ ।
नमुना,स्वच्छ र सफा गाउँ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यमनाथ दनैले पालिका भित्रका सबै गाउँलाई नमुना सफा र स्वच्छ गाउँ घोषणा सहितको कार्यन्वयन गर्ने कार्यमा आफु लागिरहेको बताउनु भएको छ । उहाँले नमुना पालिका बनाउने रहरलाई साकार पार्न प्रतिवद्ध भएर आफु लागीरहेको समेत बताउनु भएको छ । नमुना,स्वच्छ र सफा गाउँ घोषणा गरिएको काउले डाँडा र गैरी गाउँमा हाल १ सय ७५ घरधुरी रहेको छ ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |