धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
काठमाडौँ, १२ पुस ।
निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताउनुभएको छ । आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन् ।”
उहाँले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताउनुभयो । “मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि जान्छ”, उहाँले भन्नुभयो, “यसका लागि मन्त्रालयका कर्मचारीलाई धन्यावाद दिन्छु ।”
उहाँ आफू विदाइ हुने क्रममा निराश नभएको बताउनुभयो । “म मन्त्रालयमा आउँदा धेरै खुसी थिइन र विदाइमा पनि निराश छैन, नयाँ मन्त्रीलाई कार्यकालको शुभकामना दिन्छु”, उहाँले भन्नुभयो । उहाँले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माणमा, कोभिड १९, हैजा र डेङ्गु महामारी रोकथाम तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तार भएका उपलब्धि महत्वपूर्ण भएको बताउनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |