Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ १६, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

प्रसारण लाइनको निर्माण तीव्र

८९७ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ११, सोमबार (२ साल अघि)
प्रसारण लाइनको निर्माण तीव्र

काठमाडौँ,११ पौष ।
रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पु¥याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ । सुस्तगतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हवसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका बाँकी निर्माण छिटो सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिनुभएको छ ।

उहाँले ती दुई जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाको कार्य प्रगतिको आइतबार स्थलगत निरीक्षण एवं जानकारी लिँदै सो निर्देशन दिनुभएको हो । रसुवागढी र साङ्जेन जलविद्युत् आयोजनाले आगामी वैशाख महिनाबाट परीक्षण उत्पादन गर्ने लक्ष्य लिइसकेको छ ।

ती दुवै आयोजनाका लागि चिलिमेको थाम्वुचेतमा एउटै हव बनाई गतलाङको बोम्जोडाँडा, ग्रे, हाकु, डाँडागाउँ, ठूलोगाउँ हुँदै नुवाकोटको सलाखु दोभानमा रहने विद्युत् सङ्कलन केन्द्रबाट राष्ट्रिय प्रसारणमा पठाउन आवश्यक संरचनाको निर्माण तीब्र अगाडि बढिरहेको प्राधिरकणले जनाएको छ ।

नुवाकोटको सलाखु खोला दोभान अक्करेमा निर्माण भइरहेको हवबाट तादी र त्रिशूली थ्रि बि, रसुवाको रसुवागढी तथा साञ्जेन फलाखुखोला, अपर त्रिशूली वान, लाङटाङ खोला, सुपर मैलुङ, अपर मैलुङ, लाङटाङ भोटेकोसीसमेतका स्थानबाट उत्पादन हुने करिब छ सय मेगावाट विद्युत् एकत्रित गरी राष्ट्रिय प्रसारणमा पठाइने प्राधिकरणले तयारी छ ।

प्राधिकरणले भविष्यमा उत्पादन हुने बिजुलीसमेत अक्करे हवबाटै एकीकृतरूपले राष्ट्रिय प्रसारणमा पठाइने जनाएको छ । पहिलो चरणमा भने उक्त हवबाट रसुवागढी तथा साञ्जेनको मात्र विद्युत् राष्ट्रिय प्रसारणमा जाने छ ।निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको अधिकांश निर्माण सम्पन्न भई समग्रको उपकरण जडान कार्य ७५ प्रतिशतभन्दा माथि गइसकेको छ ।

अन्य विद्युत् आयोजना धमाधम निमाणाधीन अवस्थामा रहेका छन् । सन् २०१३ बाट निर्माण चरणमा अगाडि बढेको सो आयोजनामध्ये रसुवागढीले एक सय ११ मेगावाट, तल्लो माथिल्लो साञ्जेनले ४२ दशमलव पाँच एवं माथिल्लो साञ्जेनले १४ दशमलव आठ मेगावाट विद्युत् ऊर्जा उत्पादन दिने प्राविधिकले बताएका छन् ।

चिलिमे जलविद्युत् केन्द्रको भगेनी संस्थाको रूपमा रहेको रसुवागढी जलविद्युत् आयोजनाको पूरै संरचना भूमिगत र साङ्जेनको भने अर्धभूमिगत रहेको रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वले जानकारी दिनुभयो ।

चिलिमे कम्पनीले सुरूआत गराएको रसुवागढी, साञ्जेन तथा सिन्धुपाल्चोक जिल्लाका एक सय तीन मेगावाटमध्ये भोटेकोसी जलविद्युत् आयोजना सफलतापूर्वक आगाडि बढिरहेको चिलिमे जलविद्युत् केन्द्र स्याफ्रुबेँसीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

  • धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

  • नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

  • समाचार
    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0