धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ । धादिङ अस्पतालले कोराना भाईरसको नयाँ भेरियन्ट नेपालमा प्रवेश गरे सगै उपचारलाई ब्यवस्थित गर्न तयारी थालेको छ । आज धादिङ अस्पतालको सभाहलमा एक कार्यक्रमको आयोजना गरि धादिङ अस्पतालको हालको अवस्था र तयारीको बिषयमा जानकारी गराईएको थियो ।
कार्यक्रममा धादिङ अस्पतालका कन्सलटेन्ट जनरल फिजिसियन डा. दिनेश रेग्मीले कोरोनाको नयाँ भेरियन्टको बिषयमा जानकारी गराउनु भएको हो । त्यसै गरी अस्पतालका निमित्त मेसु मधुकर दाहालले धादिङ अस्पतालमा रहेको पिसिआर मिसिन बिग्रिएको र तत्काल कोरोनाको बिरामीलाई बेग्लै अस्थायी उपचार कक्षको आवश्यक रहेकोले सहयोग गर्न स्थानिय सरकार तथा प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
धादिङ अस्पतालले कोरोनाको नयाँ भेरियन्टको उपचारका लागी डा. दिनेश रेग्मीको संयोजकत्वमा स्पेसल टास्क फोर्स समेत गठन गरेको छ । गठित समितिका सदस्यहरुमा डा. रामचन्द्र रिजाल,सुचना अधिकारी बिक्रम बि.क. लेखा प्रमुख बिष्णु चापागाई,सामाजिक सेवा ईकाई प्रमुख कृष्णलाल उप्रेती, सोनु कोजु,बिमला महरा,श्याम गोम्जा, अनु हौंमिखा रहेका छन् । समितिका संरक्षकमा धादिङ अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजाल,निमित्त मेसु मधुकर दाहाल रहेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी,धादिङ अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरु,सरोकारवाला लगाएत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले नयाँ भेरियन्ट नियन्त्रणमा धादिङ अस्पतालले थालेको तयारीलाई धन्यावाद ब्यक्त गर्दै आज नै बेलुका सम्म जिल्ला स्तरीय बैठक बसी कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणका लागी थप कदम चाल्ने बताउनु भएको छ । कार्यक्रम धादिङ अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालको अधयक्षतामा भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |