धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ । धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्षमा नव नियुक्त राजाराम रिजालले पदभार ग्रहण गरेका छन् । आईतबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरि निःवर्तमान अध्यक्ष महेन्द्र धमलाले नवनियुक्त अध्यक्ष रिजाललाई पद हस्तान्तरण गरे संगै रिजालले पदभार ग्रहण गर्नुभएको हो ।
नवनियुक्त अध्यक्ष रिजालले पद हस्तान्तरण समारोहमा बोल्दै धादिङ अस्पतालको हालसम्मको उपलब्धिलाई जगेर्ना गर्दै नयाँ थप सेवा सुविधाहरु बिस्तार गर्दै लैजाने बताएका छन् । उहाँले सामुहिक प्रयास बाट नै धादिङ अस्पतालको मुहार फेर्न सकिने भन्दै बिकास निर्माण र सेवा सुविधाको विस्तारमा हातेमालो गर्न सवैलाई आग्रह गर्नुभएको छ । उहाँले अस्पतालमा सुझाव संकलन कार्यलाई ब्यवस्थित गरि सवैको सल्लाह सुझाव अनुसार काम गर्ने समेत बताएका छन् । उहाँले आफ्नो कार्यकालमा धादिङ अस्पताललाई आवश्यकताको आधारमा सेवा सुविधा बिस्तार गर्दै लैजाने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
सोहि समारोहमा बोल्दै निबर्तमान अध्यक्ष महेन्द्र धमलाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पु¥याउने सवैलाई धन्यावाद ब्यक्त गर्दै आगामी दिनमा पनि धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिको तर्फ बाट सहकार्यको अपेक्षा गरिएमा आफु प्रतिवद्ध भएर सहयोग गर्ने बताएका छन् ।
सोहि समारोहमा बोल्दै धादिङ अस्पतालका नि. मेडिकल सुपरिटेन्डेट डा. मधुकर दाहालले अस्पताल संचालन तथा ब्यवस्थापन समितिले बनाएका नीति नियमलाई आफुहरुले प्रतिवद्ध भएर लागु गर्ने भन्दै ब्यवस्थापन पक्षले अस्पतालको जनशक्ति र भौतिक सुधारमा लागि पर्न आग्रह गर्नु भएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |