काठमाडौँ, २७ मङ्सिर ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित भिरपाटीमा सोमबार दिउँसो कर्णाली प्रदेश ०२—००१च०४२९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |