काठमाडौँ,२५ मङ्सिर।
सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने भएको छ । आगामी २४ माघमा चन्द्रागिरी हिल्स रिसोर्टमा ड्रिम हाइ नेपाल प्रालिले अवार्ड समारोह आयोजना गर्न लागेको हो ।
अवार्ड समारोहमा नेपाल सरकारका विशिष्ट व्यक्ति र दुई सयभन्दा बढी पत्रकारको उपस्थितामा अवार्ड समारोहको आयोजना गर्ने तयारी ड्रिम हाई नेपालको छ । सक्रिय रूपमा पत्रकारिता गरिरहेका १० हजार बढी पत्रकारलाई प्रोहत्सान गर्ने उद्देश्यका साथ दोस्रोपटक नेपाल मिडिया अवार्ड आयोजना गर्न लागिको ड्रिम हाई नेपालका सञ्चालक कमल जिसीले जानकारी दिए ।
नेपाल मिडिया अवार्डमा सहभागी हुन चाहने पत्रकारले आफ्नो र कार्यरत मिडियाको परिचय खुल्ने गरी प्रसारण र प्रकाशन भएका सामग्री [email protected] मा पठाउन आह्वान गरिएको छ ।
कुल २५ विधामा वितरण गरिने अवार्डमा भाग लिन चाहने पत्रकारहरुले आफ्नो स्टोरीसहित ड्रिम हाई नेपालमा सम्पर्क गर्न सञ्चालक जिसीले आग्रह गरे । २५ मध्ये यस वर्ष विभिन्न १० विधामा नगदसहित ट्रफी र प्रमाणपत्र र एकजना बरिष्ट पत्रकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्डसमेत प्रदान गरिनेछ । अवार्डमा सहभागी बन्न चाहने पत्रकारहरुले २० पुसभित्र आफ्ना प्रकाशित तथा प्रसारित सामग्री इमेलमा पठाइसक्नुपर्नेछ ।
टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिताअन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको प्रकाशन र प्रसारण भएका सामग्रीलाई सञ्चार विज्ञसहितको तीन सदस्यीय निर्णायक टिमले छनोट गर्नेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |