धादिङ,१ मंसिर
हजाजत प्राप्त हतियार बुझाउने आज अन्तिम दिन भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । अहिले सम्म धादिङमा जम्मा ९ जनाले मात्र हतियार बुझाएका छन् ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित जिल्ला सुरक्षा समितिको आग्रह पछि जिल्लाका ९ जनाले जिल्ला प्रहरी कार्यालय र नजिकको प्रहरी चौकीमा हतियार बुझाएका हुन्।
भरुवा बन्दुक सहित विभिन्न १४ प्रकारका हतियार बुझाएका हुन् । जिल्लामा अनुमति प्राप्त ४७ वटा हतियार भए पनि हालसम्म नौ जनाले मात्रै बुझाएको पाइएको हो । हतियार बुझाउने क्रम अझै जारी रहेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीमा बुझाएको हतियार निर्वाचन पछि सम्बन्धित व्यक्तिले नै लैजान सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खर खजना अन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ ।
जिल्ला भित्र रहेका इजाजत प्राप्त हात हतियारहरू निर्वाचन सम्पन्न भएको १ हप्ता पश्चात् फिर्ता हुने जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीहरूलाई अनुरोध गरिएको छ।यसअघि जिल्ला प्रशासन कार्यालय धादिङले कात्र्तिक २ गते सूचना नै निकालेर हतियार बुझाउन स्थानीयलाई आग्रह गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |