वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
चितवन,२९ कात्तिक ।
जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगी रोगको संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार ९७४ जनाको परीक्षण गरिएकामा दुई हजार ९४९ जनामा डेंगीको संक्रमण देखिएको छ ।
सङ्क्रमितमध्ये दुई हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका २९१ र ठेगाना खुलेका ६०८ जना रहेको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी डेंगी रोगको संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार ४५० जनामा डेंगी रोग देखिएको केसीले बताए ।
उनका अनुसार खैरहनी नगरपालिकामा १६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा २४३ जनामा डेंगी रोग देखिएको थियो । यस्तै, राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगीको संक्रमण देखिएको थियो ।
कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार १३६ पुरुष र ९१४ जना महिलामा डेंगी रोगको संक्रमण देखिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |