धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
चितवन,२९ कात्तिक ।
जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगी रोगको संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार ९७४ जनाको परीक्षण गरिएकामा दुई हजार ९४९ जनामा डेंगीको संक्रमण देखिएको छ ।
सङ्क्रमितमध्ये दुई हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका २९१ र ठेगाना खुलेका ६०८ जना रहेको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी डेंगी रोगको संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार ४५० जनामा डेंगी रोग देखिएको केसीले बताए ।
उनका अनुसार खैरहनी नगरपालिकामा १६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा २४३ जनामा डेंगी रोग देखिएको थियो । यस्तै, राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगीको संक्रमण देखिएको थियो ।
कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार १३६ पुरुष र ९१४ जना महिलामा डेंगी रोगको संक्रमण देखिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |