तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,१८ कात्तिक ।
धादिङमा आज २३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार ११ पुरुष र १२ महिला गरी २३ जनामा संक्रमण पुष्टि भएका हो । हालसम्म जिल्लामा १ हजार १२७ जना पुरुष र ९६४ महिला गरी कुल २ हजार ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख गरिएको छ ।
जिल्लाको कुल संक्रमित मध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् । नीलकण्ठ नगरपालिकामा हालसम्म १ हजार २८४ जना संक्रमित भएका छन् भने गल्छीमा १०८, गजुरीमा १०६, बेनिघाट रोराङमा ९५, धुनिबेशीमा ९०, ज्वालामुखीमा ७९, जनामा संक्रमण भएको छ ।
यस्तै त्रिपुरासुन्दरीमा ७५, सिद्धलेकमा ६०, गंगाजमुनामा २७, थाक्रेमा १८, नेत्रावती डवजोङमा १४, रुवीभ्यालीमा १२ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रबाट डेंगी परिक्षण हुदैँ आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |