निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ,०९ कात्तिक ।
धादिङका थप ३४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा १९ जना पुरुष र १५ जना महिला गरी ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगी बिरामीको संख्या एक हजार ७६४ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ९६६ जना पुरुष र ७९८ महिला गरी कुल एक हजार ७६४ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा एक हजार ८७ रहेको छ भने गजुरीमा १०६ र धुनिबेशीमा ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
यस्तै गल्छीमा ८३, त्रिपुरासुन्दरीमा ६९, ज्वालामुखीमा ७०, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ४०, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा १२, गंगाजमुनामा २७ र खनियाबास गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |