निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
काठमाडौँ,०५ कात्तिक ।
नेपालबाट हुने आयात र निर्यात घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको २ महिनाको अवधिमा आयात र निर्यात घटेको देखाएको हो ।

बैंकका अनुसार गत आर्थिक वर्षको तुलनामा नेपालको निर्यात ३४ प्रतिशतले घटेको छ भने आयात १३ प्रतिशतले घटेको छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७९/८० को साउन र भदौ महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ ।
गतवर्ष २०७८/७९ को २ महिनाको अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले बढेको थियो । यस अवधिमा नेपालबाट भारततर्फ हुने निर्यात ४५ दशमलव २ प्रतिशतले र चीनतर्फ हुने निर्यात २१ दशमलव ६ प्रतिशतले घटेको छ ।तथ्याङ्क अनुसार यस अवधिमा नेपालले विदेशबाट २ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ आयात गरेको छ ।
गत वर्षको यही अवधिमा यस्तो आयात ७५ दशमलव ९ प्रतिशतले बढेको थियो । भारतबाट हुने आयात ९ दशमलव ५ प्रतिशतले घट्दा चीनतर्फबाट हुने आयात १३ दशमलव ३ प्रतिशतले घटेको छ । यस्तै, अन्य मुलुकबाट हुने आयात २० दशमलव ७ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |