धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,०१ कात्तिक ।
धादिङमा डेंगु संक्रमितको संख्या एक हजार ४३१ पुगेको छ । गत साउन १ गतेदेखि यता ७८६ जना पुरुष र ६४५ महिला गरी जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ४३१ पुगेको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा १६ पुरुष र २१ महिला गरी आज ३७ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ८५१ ज्ना रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
यस्तै धुनिबेशीमा ५८, गल्छीमा ४८, ज्वालामुखीमा ६२, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३४, थाक्रेमा १७, नेत्रावती डवजोङमा ९, रुवीभ्यालीमा ९, गंगाजमुनामा २० र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र बाट परिक्षण हुदैँ आएको छ ।
फाईल तस्विर

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |