धादिङ,३१ असोज।
धादिङको विकास र समृद्धीको लागि आफ्नो उम्मेदवारी रहेको नेताहरुले बताएका छन्।आइतबार सत्तारुढ गबन्धनका नेताहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवारहरुले विकास र समृद्धीको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको हो । पत्रकार सम्मेलन मार्फत नेताहरुले आफ्नो चुनावी एजेन्डा र रणनीतिका बारेमा धारणा राख्नुभएको थियो ।
पत्रकार सम्मेलनमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं धादिङ संघीय निर्वाचन क्षेत्र नं. १ ख का उम्मेद्वार सालिकराम जम्कट्टेलले सुरु गरिएका योजनालाई पूर्णता दिन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । आफुले गएको ५ वर्षे कार्यकालमा स्वास्थ्य, शिक्षा, यातायात भौतिक पूर्वाधारको क्षेत्रमा थुप्रै प्रगति भएको र केही महत्त्वपूर्ण गौरवका योजनाहरु सुरु गरेको बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेस धादिङका सभापति एवं संघीय निर्वाचन क्षेत्र नं. २ धादिङका उम्मेद्वार रामनाथ अधिकारीले ठाउँ अनुसार शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारको विकासमा जोड दिदै युवाहरुमा देखिएको बढ्दो वैदेशिक पलायनलाई रोक्नका लागि मूख्य पहल आफ्नो रहने प्रतिबद्धता जनाउनु भयो । यसैगरी अधिकारीले सत्ता गठबन्धनको निर्णय विपरित पार्टीका नेताहरुले दिएको स्वतन्त्र उम्मेद्वारी फिर्ता लिन आग्रह गर्नुभयो ।उम्मेदवार सँग कुरा भईरहेको भन्दै अधिकारीले बागी उम्मेदवार दिएका उम्मेद्वारहरुले आज भोलि नै उम्मेदवारी फिर्ताको घोषणा गर्ने बताउनुभयो ।
यसैगरी संघीय निर्वाचन क्षेत्र नं.२ ख का उम्मेद्वार माओवादी नेता जगत सिंखडालेले उत्तरी धादिङको विकासको लागि आफुले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । विगतका जनप्रतिनिधिहरुको प्राथमिकतामा नपर्ने उत्तरी धादिङमा आफु निर्वाचिन भएपछि धेरै आशा लाग्दो काम गरेको बताउनुभयो । आफु जनताको भारी बोक्न तयार रहेको भन्दै अबको पाँच बर्ष भित्रका उत्तरी धादिङलाई विकास र समृद्धीको बाटो लैजाने बताउनुभयो ।बत्तीमुनिको अध्यारोको रुपमा रहेको उत्तरी धादिङको मुहार फेर्नको लागि आफू जनताको भरिया भएको र पुनः त्यो भारि बोक्न तयार रहेको बताउनुभयो।
संघीय निर्वाचन क्षेत्र नं.२ क बाट उम्मेद्वारी दिनुभएका कांग्रेसका गोविन्द लम्सालले जनताले दैनिक भोगिरहेका समस्याहरु र सरकारी कार्यालयहरुमा हुने बेथितिका साथै धादिङबेसी बजार व्यवस्थापनमा आफ्नो महत्त्वपूर्ण ध्यान जाने बताउनुभयो । प्रेस सेन्टर नेपाल, प्रेस युनियन र समाजवादी प्रेस संगठन धादिङले उक्त कार्यक्रमको समन्वय तथा सहजीकरण गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |