Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

रासायनिक मल उद्योगका लागि जग्गाको अवलोकन

२५० पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २९, शनिबार (२ साल अघि)
रासायनिक मल उद्योगका लागि जग्गाको अवलोकन

धादिङ,२९ असोज ।

बाग्मती प्रदेश सरकारको पहलमा रु ७८ अरबदेखि एक खर्बसम्मको लागत अनुमान रहेको रसायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा जग्गा हेरिएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, उद्योग तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ र लगानी कम्पनी थाईल्याण्डको मछाडा ईन्टरनेशनलकी कार्यकारी प्रमुख पोलिथकलम्फेच थमाचाट्मानखोल(तुक्ता) लाई गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले उद्योगलाई उपयुक्त हुने जग्गा देखाउनुभएको हो ।

जग्गा खोजीकार्यसँगै उद्योगले निर्माण र सञ्चालनको अनुमति पाएको डेढ वर्षभित्र उत्पादन सुरु गरिने लगानी कम्पनीले जनाएको छ । दुई लाख मेट्रिकटन उत्पादन लक्ष्य राखेको उद्योगले दुई सय जनालाई प्रत्यक्ष रोजगारी दिने जनाइएको छ । पानीबाट एमोनिया ग्याँस छुट्याएर युरिया फर्ममा लैजाने प्रविधिको उक्त उद्योगका लागि कच्चा पदार्थ आयात गर्न नपर्ने कम्पनीकी कार्यकारी प्रमुख तुक्ताको भनाइ रहेको छ ।

व्यासायिकभन्दा पनि धार्मिकरुपले नेपालसँग जोडिएको बताउदै तुक्ताले बुद्धको जन्मभुमीमा बसेर काम गर्न चाहेकाले उक्त प्रस्तावसहित नेपाल आउँदा स्वागत पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले हरिहरपुरगढी पुगेर लगभग जग्गा खोजीकार्य टुङ्गिएको र अब सरकारले अनुमति दिएमा काम अगाडी बढाउने जनाउनुभयो । उक्त कम्पनीको नेपालतर्फका कर्मचारी राकेश महर्जनले नेपालमा रासायनिक मलको समस्या भएकाले पनि उक्त कम्पनीले चासो देखाएको बताउनुभयो ।

पानी र बिजुलीबाहेक अन्य कच्चा पदार्थ नचाहिने कारण नै नेपाल उक्त उद्योगका लागि उपयुक्त स्थान रहेको उहाँको भनाइ छ । मुख्यमन्त्री पाण्डेले नेपालमा मलको समस्याका कारण कृषिमा लक्ष्य प्राप्त गर्न नसकेकाले उक्त कम्पनीलाई नेपालमा मल उत्पादन गर्ने वातावरण बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो । लगानीका हिसाबले नेपाल सरकारलाई समस्या हुने कारण मल उद्योग नेपाल सरकारले सञ्चालन गर्न नसकेको उहाँको भनाइ छ ।

मल उद्योग सञ्चालनमा आँउदा मलमात्र नभएर रोजगारी सृजना हुने कारणले पनि आफु उत्साहित भएको उहाँले जनाउनुभयो । त्यसैगरी प्रदेशका उद्योग तथा आपूर्तिमन्त्री श्रेष्ठले उक्त उद्योगले उद्योग खोलिने स्थानको समेत विकास गर्ने जनाउनुभयो । प्रदेश सरकारले आफै सञ्चालन गर्न सक्ने वा अनुदान ऋण लगानी गर्न सक्ने बजेट नभएका कारण विदेशी कम्पनीलाई भए पनि उत्पादन गर्न दिएर आवश्यक्ता पुरा गर्न प्रदेश सरकार लागिपरेको उहाँको भनाइ छ ।

हरिहरपुरगढीमा उक्त उद्योग सञ्चालनमा आएमा स्थानीयको जिवनस्तर माथि उठ्ने पालिका अध्यक्ष वाइबाले बताउनुभयो । उक्त उद्योगले गाउँपालिकाको प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा मनपराएको कारण स्थानियका तर्फबाट भरपुर सहयोग रहने उहाँको भनाइ छ । प्रस्तावित औद्योगिक क्षेत्रका लागि गाउँपालिकाले एक स्थानमा दुई सय २० बिगाहा र अर्को स्थानमा दुई सय ४० बिगाहा गरी जम्मा दुई स्थानमा तीन सय ६० बिगाहा जग्गा छुट्याएको र हालसम्म उक्त स्थानमा उद्योग नरहेको बताइएको छ । उद्योग सञ्चालनपछि दुई सयले प्रत्यक्ष र हजारौंले अप्रत्यक्ष लाभ लिनसक्ने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

  • आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

  • समाचार
    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0