चितवन, असोज २२ ।
घरको छतबाट लडेर पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शङ्कर श्रेष्ठ रहेका छन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका– ९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा चोट देखिएको उहाँले जानकारी दिनुभयो ।
टाउकामा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको प्रनाउरेग्मीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |