वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौँ, १७ असोज ।
अबदेखि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्ननेपाल भलिबल सङ्घ (एनभीए) को अनुमति लिनुपर्ने भएको छ । नेपाल भलिबल सङ्घले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि सङ्घको अनुमति लिनुपर्ने जनाएको हो ।
सङ्घले प्रतियोगिताको मिति सङ्घसँगको परामर्श र सहमतिमा तय गर्नु पर्ने पनि विज्ञप्तिमा उल्लेख गरेको छ । ‘कुनैपनि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्नु अघि एनभीएको सहमति पत्र प्राप्त गर्न सबै जिल्ला, प्रदेश, क्लब र सम्बन्धित संस्थाहरूलाई जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
सङ्घले कुनै पनि क्लब वा संस्थाले बिना जानकारी एनभीएको लोगो राखेमा वा नाम उल्लेख गरेमा कारबाही गरिने र सङ्घको कुनै पनि गतिविधिमा भाग लिन नपाईने गरि प्रतिबन्ध गरिने जनाएको छ ।सङ्घले राष्ट्रिय खेलाडीहरूलाई एनभीएले मान्यता नदिएको प्रतियोगिता नखेल्न आग्रह समेत गरेको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |