Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

नारायणी किनारमा तीन मन्त्रालयका छुट्टाछुट्टै योजना

नीलकण्ठ एफ.एम २१५४ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १५, शनिबार (३ साल अघि)
नारायणी किनारमा तीन मन्त्रालयका छुट्टाछुट्टै योजना

चितवन । नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रुपमा तीनवटै योजनाको काम अघि बढेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतको काम गर्दैछ । शहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ नौ सय ८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्दैछ । नदीको सतहदेखि २.५ मिटर उचाइमा ११ खुट्किला निर्माण गर्दैछ । १९ करोड ८६ लाख अनुमानित लागतमा बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए ।

खुट्किलाको सतह दुई मिटर चौडा हुन्छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा हुन्छन् । उनको भनाइमा माथिल्लो तह ४.५ मिटर फराकिलो हुनेछ । सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षरोपण गरिने छ । पाँच मिटरको फरकमा विरुवा लगाइने उनले जानकारी दिए ।

आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनीयर शङ्कर बुढाथोकीका अनुसार एक वर्ष ६ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । उनले भने, ‘बाढीले नबगाउने गरी आकर्षक ढङ्गले सिढी निर्माण गरिँदै छ ।’ यसले तटबन्धको काम गर्ने, सौन्दर्यकरण बढाउने र नदी प्रयोगकर्तालाई सहज हुने उनको भनाइ छ । यो तटबन्धका कारण नवलपरासीतर्फको भूभागमा कुनै असर नपरोस् भन्नका लागि ध्यान दिइएको छ ।

भरतपुर महानगरपालिकाका इञ्जिनीयर अस्मीता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ । उनका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गत २.४ किलोमिटर पदयात्रा, एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने दुई वटा पार्किङस्थल, बगैँचालगायत निर्माणका काम भइरहेको छ । रु छ करोड ५० लाख बजेटमा काम भइरहेको छ।

यस ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको २ दशमलव ५ किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ ।

तटबन्ध बाहेकका रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहनेछन् । सघन सहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरभित्र स्मार्ट सिटी गुरुयोजना अनुरुपको रु ५० करोडको बोलपत्र आह्वान गरेको छ ।

आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गर्दैछ । आरती क्षेत्र वरपर बत्ती राख्दैछ । उनका अनुसार झण्डै रु दुई करोडको काम आयोजनाले नारायणी नदी किनारमा गर्दैछ । उनले भने, ‘हामीले अरु मन्त्रालयले गरिरहेका काम नजुध्ने गरी समन्वय गरेर गर्दैछौँ ।’

स्मार्ट सिटीको लिस्टबाट हटेको भरतपुर महानगरपालिकालाई पुनःजोडेर यसवर्ष सोही गुरुयोजना अनुसारका रु ५० करोडका कामअघि बढेको महानगरले जनाएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती तीन मन्त्रालयसँगै भरतपुर महानगरपालिकाले विभिन्न काममा बजेट विनियोजन गरेर नदी किनारमा काम गरिरहेको बताइन् । उनका अनुसार सुरुमा पदमार्गलगायत काम महानगरकै बजेटबाट थालिएको हो ।

महानगरले सो क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको ‘सी बीच’ मोडलमा विकास गर्ने गुरुयोजनाअनुसार सङ्घीय मन्त्रालयले सहकार्य गरेको उनको भनाइ छ । काम नजुध्ने गरी व्यवस्थित ढङ्गले अघि बढाइने दाहाल बताउँछिन् । महानगरको सहरी क्षेत्रमा बसोबास गर्नेका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक केन्द्रविन्दु बन्ने प्रमुख दाहालको विश्वास छ ।

पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ । दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा विभिन्न खेल खेल्न सकिनेछ । दाहालले भनिन्, ‘म पहिलो पटक प्रमुख भएसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने योजनानुसार कामले गति लिएको छ ।’

सामुन्द्रिक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचना निर्माण गर्न लागिएको उनको भनाइ छ । मुख्यरुपमा आन्तरिक पर्यटक र बाह्यलाई नदी किनार महत्वपूर्ण गन्तव्य बन्नेछ । धार्मिक दृष्टिले नारायणी नदी महत्वपूर्ण मानिन्छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला सहरमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रिक किनार हुने भए पनि यहाँ नदीलाई उपयोग गर्न नसकिएको बताए ।

उनले नेपालमा धेरै सुन्दर नदी भएको तर त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षणमा नदी र तिनका किनार क्षेत्र कमै मात्र पर्ने गरेको बताए । नारायणी नदी किनारलाई आकर्षक गन्तव्य बनाइने उनले बताए । पर्यटकीय नगरी सौराहालाई नारायणी नदी किनारसँग जोड्ने हो भने यहाँ थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0