निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
तातोपानी । नेपाल-चीन व्यापारिक केन्द्र तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापन निजी क्षेत्रमार्फत सञ्चालनमा आएको छ ।

समिति र ट्रान्स सिल्कबीच २९ भदौमा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार ट्रान्स सिल्कले औपचारिक रुपमा सोमबार बन्दगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
लार्चास्थित सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको उद्घाटन साेमबार च्याम्बर अफ कमर्शका पूर्वअध्यक्ष तथा पूर्वपर्यटन राज्यमन्त्री डा. राजेशकाजी श्रेष्ठले गरे । साे क्रममा उनले भने, ‘चीनतर्फ सानो समस्या आउने बित्तिकै नाका बन्द गर्ने गरेको छ । तर नेपाल सरकारले आफ्नो क्षेत्रमा सडक समेत मर्मत नगरेर झनै समस्या बनाएको छ ।’
ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडका डाईरेक्टर रमेश शेर्पाले सुख्खा बन्दरगाहको व्यवस्थापकीय जिम्मेवारीका लागि आफू एक्लैले गर्न सक्ने भए पनि विराटनगरको ट्रान्स नेपाल जेबी कम्पनीको समेत फर्म राखेर टेन्डर प्राप्त गरेको बताए ।
यो बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापन कार्य निजी क्षेत्रलाई दिन समितिले गएको ११ जेठमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा फ्लास फ्रेट लजिस्टिक, भ्याली टर्मिनल जेभी काठमाडौँ र ट्रान्स नेपाल जेभी विराटनगरले आवेदन हालेका थिए । प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट सबैभन्दा बढी अंक प्राप्त ट्रान्स नेपाल जेभी विराटनगर छनोट भएको हो ।
ट्रान्स सिल्कले बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई पाँच वर्षको ११ करोड ७० लाख रुपैयाँ बुझाउने छ । बन्दरगाह सञ्चालन, सरसफाई, गोदाम व्यवस्थापन, लोडअनलोड, पार्किङ व्यवस्थापन लगायत काम अब ट्रान्स सिल्कले गर्ने छ । निजी क्षेत्रलाई जिम्मेवारी दिएसँगै तातोपानी सुख्खा बन्दरगाह भन्सार व्यवस्थित ढंगले सञ्चालन हुने समितिको दाबी छ ।
आगामी पाँच वर्षको लागि यो सुख्खा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडलाई दिएको इन्टर मोडेल यातायात विकास समितिले यसअघिनै घोषणा गरिसकेको थियो ।
तातोपानी नाकामा रोकिएका कन्टेनर भित्रिँदै
तातेपानी नाका आंशिक रुपमा खुल्ला भएसँगै अहिले तातोपानी नाकाबाट चीनतर्फ रोकिएका कन्टेनर भित्रिन थालेका छन् । दसैँतिहारको मुखमा व्यापारीले सोचेअनुसार सामान भित्र्याउन नपाउँदा कतिपयले विकल्प समेत सोच्न थालेका छन् ।
विषेश व्यापार हुने समयमा आवश्यक सामग्री बोकेका कन्टेनर नभित्रिँदा व्यापारीहरूले हरेक वर्ष समस्या झेल्दै आइरहेका छन् । साथै, नाकाको सडक वर्षैदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मतमा सरकारको ध्यान जान अझै सकेको छैन ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |