बिहान मुलुकभर बदली छ । केही क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १ र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
मंगलबार प्रदेश १, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा वर्षाको आकलन गरिएको छ ।
बुधबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |