Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

धादिङमा २५४ जना डेँगु संक्रमित : सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको अनुरोध

८१६ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ३०, बिहिबार (३ साल अघि)
धादिङमा २५४ जना डेँगु संक्रमित : सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको अनुरोध

धादिङ,३० भाद्र ।
धादिङमा डेँगु संक्रमण तिव्र रुपमा फैलिएको छ । जिल्लामा चालु आर्थिक वर्षको साउन यता भाद्र २९ गतेसम्म २ सय ५४ जना डेँगु रोगका बिरामीहरु फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । कार्यालयले बिहिबार विज्ञप्ति जारी गर्दै संक्रमण तिव्र रुपमा फैलिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

कार्यालयले डेँगु रोगको नियन्त्रण तथा रोकथामको लागि सरकारको निर्णय अनुसार “राष्ट्रिय अभियान” संचालन गर्न सबै नागरिक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी, कर्मचारी, महिला स्वास्थ्य स्वंयमसेविका, पत्रकार एंव सबै सरकारी, गैर सरकारी तथा निजी संस्था तथा निकायहरुलाई अनुरोध गरेको छ।

संक्रमण नियन्त्रणको लागि प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घर तथा कार्यालय भित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँहरु खोजौँ र नष्ट गरौँ भन्ने नारा सहित राष्ट्रिय अभियान संचालन गर्न तथा सचेतना अपनाउन स्वास्थ्य कार्यालय धादिङले आग्रह गरेको छ।

नेपालमा ११ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा रहेका छन् । संक्रमणका कारण केही संक्रमितको मृत्यु भएको छ भने जटिल बिरामीहरु अस्पतालमा उपाचररत रहेका छन् । धादिङमा दैनिक संक्रमणका बिरामीको सङख्यामा वृद्धि हुँदै गएको छ।

लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० भन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको र संक्रमितमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । धादिङमा हाल ३ स्थानबाट डेङ्गुको परिक्षण हुदैँ आएको स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाद घिमिरेले बताउनुभयो ।

धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रबाट परिक्षण हुदैँ आएको छ ।परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको घिमिरेले बताउनुभयो ।

डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो। ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् । डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो ।

प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ ।

डेँगु रोगको रोकथामको लागि गर्नै पर्ने क्रियाकलापहरु :
१.गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔँ ।
२.पानीको ट्याङकीलाई लामखुटे प्रवेश गर्न नसक्ने गरी ढाकेर राखौँ ।
३.पुरा बाहुला भएको शरीर पुरै ढाक्ने कपडा लागाऔँ ।
४.दिउँसो वा राति सुत्दा झुल प्रयोग गरौ साथै साना केटाकेटीहरुलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔँ ।
५.घरको झ्याल ढोकामा जाली लगाऔँ ।
६.घर वरीपरी सफा सुग्घर राखौ र पानी जम्ने खाल्डा खुल्डी पुरौ ।
७.आफु बसोबास गर्ने स्थानमा लामखुटेको लार्भा तथा अण्डा खोजी गरी नष्ट गर्ने अभियान चलाऔँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आज ३०औँ जनयुद्ध दिवस :  क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

  • विश्व रेडियो दिवस आज मनाइँदै

    विश्व रेडियो दिवस आज मनाइँदै

  • धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

  • भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

  • समाचार
    आज ३०औँ जनयुद्ध दिवस :  क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआत स्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

    विश्व रेडियो दिवस आज मनाइँदै

    विश्व रेडियो दिवस आज मनाइँदै

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0