धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप २०२२ आजदेखि सुरू हुँदैछ । दशरथ रंगाशालामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।
प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा भुटानलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ । अहिलेसम्म सम्पन्न साफ च्याम्पियनसिपका खेलमा नेपाल भुटानसँग पराजित भएको छैन । नेपाल साविक उपविजेता टोलीसमेत हो ।
नेपालको नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिएपछि कप्तानको जिम्मेवारी पहिलोपटक गोलकिपर एन्जिला तुम्बाआपो सुब्बाले सम्हाल्ने भएकी छन् । उनले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताएकी छन् ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिधपर्धा गर्नेछन् । समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् । समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |