काठमाडौँ,१७ भाद्र ।
वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ ।
युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८ र ७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो । मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ ।
सोही वर्ष वैदेशिक रोेजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरुले ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिव ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति वापत प्राप्त गरेको जानकारी दूतावासले दिएको छ ।
दूतावासका अनुसार क्षतिपूर्ति वापात प्राप्त रकम सम्बन्धीत पीडितको परिवारलाई उपलब्ध गरिएको छ । युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |