‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’को घोषणा गरिएको छ । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अभियानको घोषणा गरिएको हो ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिएको हो । काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीसहितले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका हुन् ।
अभियानको संयोजकमा सायमी रहेका छन् । आगामी निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवारी दिनेलाई एकत्रित गर्न अभियानको घोषणा गरेको सायमीले बताए । देशभरबाट उठ्ने स्वतन्त्र उम्मेदवारले एउटै चुनाव चिह्न र घोषणपत्र लिएर जनतामाझ जाने गरी अभियान घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा सायमी, काठमाडौं ५ बाट मधुसुदन पाठक, काठमाडौं ९ बाट विद्या महर्जन, ललितपुर ३ बाट राजाराम तण्डुकार, रूपन्देही ५ बाट भिष्म रानालगायत विभिन्न निर्वाचन क्षेत्रबाट उठ्ने तयारी गरेका व्यक्तिको सहभागी थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |