नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,१६ भाद्र।
धादिङ सहितमुलुकका विभिन्न भागमा डेंगु संक्रमण बढेको छ । धादिङमा पनि डेंगु संक्रमित बिरामीको संख्या ह्वात्तै बढेको छ ।
जिल्लामा अहिलेसम्म ११४ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा ६२ जना र भदौको १४ गतेसम्म ५२ जना गरी ११४ जनामा डेँगु देखिएको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम विकले बताउनुभयो ।
टाउको दुःख्ने, ज्वरो आउने जस्ता समस्या भएर चेकजाँचका लागि अस्पताल आएका अधिकाशं विरामीहरुमा डेंगुको संक्रमण भेटिएको सुचना अधिकारी विकको भनाई छ ।
संक्रमण बढ्दै गएपछि धादिङबासी त्रसित बनेका छन् । स्वास्थ्य संस्थाले न्यूनिकरण तथा उपचारमा केन्द्रित गरिरहेको भएपनि नागरिक आफै सचेत हुनुपर्ने विकले बताउनुभयो ।
धादिङ अस्पतालमा डेँगु विरामीको उपचार गर्न किट पर्याप्त रहेको धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.मधुकर दाहालले बताउनुभयो। अस्पतालमा आएका सबै विरामीलाई परिक्षण गरेर उपचार गर्न सक्ने अवस्थामा भन्दैै डा.दाहालले सिकिस्त विरामीलाई आइसियूमा राखेर उपचार गर्न धादिङ अस्पताल सक्षम रहेको बताउनुभएको छ ।
अहिलेसंक्रमितहरुको धादिङ अस्पतलामा उपचार भईरहेको छ । यसअघि डेंगु रोगको संक्रमणकै कारण धादिङ अस्पतालमा उपचारत ज्वालामुखी गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो।
लामखुट्टेको वृद्धिका लागि उपयुक्त मौसम भएका कारण पनि डेंगुको संक्रमण तीव्र रुपमा फैलिएको चिकित्सकहरुले बताएका छन् । डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो ।
उदाउने र डुब्ने समयमा यो लामखुट्टेले मानिसलाई टोक्ने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् ।
डेंगुबाट कसरी बच्ने ?
डेंगुबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । तसर्थ लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाय अपनाउन जरुरी हुन्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनुहुँदैन ।
पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |