ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ,१५ भाद्र ।
काठमाडौंको ठमेलबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
भाद्र १३ गते एक महिलाको मोबाइल चोरी भएको घटनाको अनुसन्धानका क्रममा धादिङको धुनीबेशी नगरपालिका–८ कि २३ वर्षीया अनिशा देउला, गल्छी गाउँपालिका–६ कि २१ वर्षीया सिर्जना गर्तौला र भारतको बिहार सीतामढी बेरगिनियाका १९ वर्षीय रक्की भनिने धिरज कुमारलाई पक्राउ गरिएको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।
प्रहरीले उनीहरुबाट २७ सय एम्पुल लागुऔषध बरामद गरेको छ। ठमेल नयाँबजारस्थित अनिशा देउलाको कोठामा मोबाइलको अनुसन्धान गर्ने क्रममा उक्त लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषधको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |