निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,१४ भाद्र।
धादिङको ज्वालामुखी गाउँपालिका–७ का ४१ वर्षीय तकबहादुर नेपाली सोमबार मोटरसाइकलमा पोखरा जाँदै हुनुहुन्थ्यो । ग६प ६६९२ नंको मोटरसाइकलमा सवार नेपालीले मोटरसाइकल पछाडि झोला राख्नुभएको थियो ।
चितवनबाट पोखरा आउँदै गर्नुभएका उहाँको तनहुँको व्यास–१ अम्रेनीमा आइपुग्दा झोला खस्यो । झोलामा थियो नगद एक लाख ७३ हजारसहित अन्य कागजात ।
झोला हराएको सूचना नेपालीले जिल्ला प्रहरी कार्यालय तनहुँलाई दिनुभयो। उक्त झोला सोमबार राति नै चितवनको भरतपुर महानगरपालिका–१ रामबजार बस्ने २९ वर्षीय कृष्णबहादुर कुँवरले फेला पार्नुभएको थियो । झोला खोलेर हेर्दा पैसा देखेपछि उहाँले तत्कालै उक्त झोला प्रहरी कार्यालयमा बुझाउनुभयो ।
उक्त झोला प्रहरीले मङ्गलबार सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । ‘‘झोला फेला पार्ने व्यक्तिमा इमानदारिता देखियो, उहाँलाई विशेष धन्यवाद छ”, उहाँले भन्नुभयो, “हामीले नगद र अन्य कागजातसहितको झोला तकबहादुरलाई बुझाएका छौँ ।”


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |