Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ १९, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित

राष्ट्र बैंकको मार्गदर्शनका सम्बन्धमा छलफल

४१९ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १३, सोमबार (३ साल अघि)
राष्ट्र बैंकको मार्गदर्शनका सम्बन्धमा छलफल

काठमाडौँ,१३ भाद्र ।
चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ का सम्बन्धमा उद्योग सङ्गठन मोरङले आज एक अन्तक्रिया सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी कात्तिक १ गतेदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा सो मार्गदर्शन जारी गरेको हो ।

अन्तक्र्रियामा सङ्गठनका अध्यक्ष सूयश प्याकुरेलले नेपाल राष्ट्र बैंकले कर्जा उपयोगिताका विषयलाई सुक्ष्म निगरानी राखी पुँजी पलायन गर्नेलाई कारवाहीको दायरा ल्याउनु सान्दर्भिक भए पनि उत्पादनमूलक क्षेत्रको हकमा कुनै पनि किसिमको चालू पुँजी कर्जाको सीमा तोकिँदा उत्पादनमूलक उद्योगको सञ्चालनमा अवरोध नहुने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

वर्षमा एकपटक सिजनमा वर्षभरिलाई चाहिने कच्चापदार्थ खरिद गरी भण्डारण गर्ने प्रकृतिका उद्योगलाई कर्जा सीमा तोकिएमा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताउँदै उहाँले कच्चा पदार्थ आयात गर्ने उद्योगका हकमा वस्तु उत्पादन, भण्डारण, बिक्री र बजारबाट पैसा आउन करिब छ महिना चालू पुँजी होल्ड हुने भएकाले यो मार्गदर्शनको कार्यान्वयनबाट उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ हुने हो कि भन्ने आशङ्का रहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका निर्देशक मीना पाण्डेले कुनै पनि नीति सार्वजनिक गर्दा त्यसको पृष्ठपोषण गर्नुपर्ने आवश्यकता औँल्याउँदै वर्तमान मार्गदर्शन कुनै प्रकारको अप्ठ्यारा सिर्जना नहुने स्पष्ट पार्नुभयो । उहाँले नीति परिवर्तन हुँदा के हुने हो भन्ने डर सिर्जना हुनु स्वभाविक भएको बताउँदै राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ ले दीर्घकालीन कर्जा प्रवाहलाई सहज र पारदर्शी बनाई सबै क्षेत्रलाई फाइदा पुग्ने बताउनुभयो ।

नेपाल बैंकर्स एशोसिएसन प्रदेश नं १ का अध्यक्ष विवेक निरौलाले इजाजतपत्र प्राप्त संस्थाले उद्यम व्यवसायको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइलमा सो कारण उल्लेख गरी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कूल चालू पुँजी कर्जा सीमा कायम गर्नसक्ने, वार्षिक कारोबार/बिक्रीको अधिकतम २५ प्रतिशतले हुन आउने रकमभन्दा बढी नहुने गरी कर्जा सीमा स्वीकृत गर्नुपर्ने जस्ता प्रावधानले दीर्घकालीनरुपमा सकारात्मक प्रभाव पार्ने भएकाले उद्योगी/व्यवसायी आतिनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रमममा सङ्गठनका पूर्वध्यक्ष शिवशङ्कर अग्रवाल, एशोसिएसन अफ चार्टर्ड एकाउन्टस अफ नेपाल (एक्यान) का प्रदेश अध्यक्ष मनोज अधिकारी, सङ्गठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सञ्जय अग्रवाल, तारानाथ निरौला, सुदीप घिमिरे, उद्योगी/व्यवसायी लगायतको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नेत्रावती डबजोङमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    नेत्रावती डबजोङमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • धादिङ महोत्सवमा भोली (माघ २० गते) अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा भोली (माघ २० गते) अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • धादिङका चार पत्रकार सम्मानित

    धादिङका चार पत्रकार सम्मानित

  • प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

    प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

  • समाचार
    नेत्रावती डबजोङमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    नेत्रावती डबजोङमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    धादिङ महोत्सवमा भोली (माघ २० गते) अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा भोली (माघ २० गते) अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङका चार पत्रकार सम्मानित

    धादिङका चार पत्रकार सम्मानित

    प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

    प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0