नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
लायन राजाराम रिजाल सम्मानित
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
काठमाडौँ,२७ साउन ।
अन्तत: कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ । आगामी नोभेम्बरवाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबल एक दिन अघि सरेको हो । जसमा आयोजक देश कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ ।
यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो । जसले गर्दा पनि उदघाटन खेलमा नेदरल्याण्ड्स र सेनेगलबीचको विश्वकपको पहिलो उदघाटन खेल हुने तय भएको थियो ।
आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ । कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन अर्थात उदघाटनको दिनमा सारेपछि अब नोभेम्बर २१ मा भने तीन खेल मात्र हुनेछन । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।
उदघाटन खेल आयोजक राष्ट्रलाई दिनु पर्ने सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि केही दिन अघिवाट गृहकार्य सुरु गरेको थियो । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले त्यो बेला जनाएको थियो ।
सो प्रस्ताव निर्णयार्थ प्रस्तुत भई पारित भएसँगै उद्घाटन खेलमा अब आयोजक राष्ट्र कतारले इक्वेडरको सामना गर्नेछ। सो, खेल तालिका हेरफेरका लागि फिफा काउन्सिल ब्युरोबाट अनिवार्य रुपमा अनुमोदन गराउनु पर्ने नियम छ । जुन खेल तालिका हेरफेर गर्नका लागि भोटिङमा जानुपर्ने नियम पनि रहेको छ । जसअनुसार सो भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित ६ महादेशका अध्यक्षहरूले मतदान गरेका थिए, सो मतदानसँगै बिहिवार अबेर पारित गरिएको थियो ।
कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |