Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
२०८३ आश्विन २४, शनिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
ताजा समाचार

महिला साफ जित्ने आधारः खेलाडीको इख र घरेलु मैदान

नीलकण्ठ एफ.एम १४८१ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १६, सोमबार (४ साल अघि)
महिला साफ जित्ने आधारः खेलाडीको इख र घरेलु मैदान

काठमाडौँ,१६ साउन ।

लगातार दोस्रो पटक घरेलु मैदानमा आयोजना हुन लागेकाे महिला साफ च्याम्पियनसिप–२०२२ को लागि यतिबेला नेपाली टिम प्रशिक्षणमा व्यस्त छ । उपाधि जित्ने जिम्मेवारीसहित मुख्य प्रशिक्षकमा कुमार थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले नियुक्त गरेकाे छ । उनै थापा अहिले ५८ महिला खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षण गराइरहेका छन् ।

प्रशिक्षणमा सहभागी ५८ खेलाडीलाई थापाले अन्तिम २३ मा झार्ने छन् । जुन खेलाडीले १३ देखि २५ भदौसम्म दशरथ रंगशालामा हुने साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि जिताउन हरस्भव प्रयास गर्नेछन् ।

‘एन्फाले मलाई दोस्रो पटक मौका दिएको छ । कसरी सफलता दिलाउने त्यो चुनौती छ । हामीसँग जे छ, त्यसमा सतप्रतिशत दिएर सफलता प्राप्त गर्छाैं भन्ने लागेको छ । टिममा लिग खेलेका, एसियन गेम प्रशिक्षण गरिसकेका खेलाडी छन् । हामी घरमै उपाधि राख्ने प्रयास गर्नेछौं,’ जनतापाटीसँग थापाले भने ।

हुन त थापाले पहिलो पटक महिला टिम हेरेका हैनन् । उनकै प्रशिक्षणमा नेपाल भारतमा आयोजना भएको चौथो संस्करणमा सहभागी भएको थियो । तर, टोली सेमिफाइनबाट अगाडि बढ्न सकेन ।

हालसम्म भएका पाँच प्रतियोगितामध्ये नेपाल चार पटक फाइनलमा पुगेको छ । सन् २०१६ मा थापानै प्रशिक्षक रहेकाे बेला टिम सेमिफाइनलबाट बाहिरिएकाे थियो । त्यो पनि सदावहार प्रतिद्वन्दी भारतसँग ।

थापा आफै महिला टिममा पुनर्जन्म पाएको र यो नै प्रमाणित गर्ने समय रहेको बताउँछन् । ‘अघिल्लो पटक म असफल रहे । मैले पुनर्जन्म पाएको छु । यो भनेको मेरो लागि प्रमाणित गर्ने अवसर हो,’ विभागीय टोली एपिएफ फुटबल क्लबका पूर्वखेलाडी र जागिरे दुबै रहेका थापा भन्छन् ।

थापासँग यसपटक कप्तान रेणुका नगरकोटे रहने छैनन् । यता, रिकवरी हुँदै  गरेकी ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) हुनु सुखद् पक्ष हो । यस्तै, युवा खेलाडी सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सविता रानामगर, दीपा राई, गीता राना, एन्जिला तुम्बाप्पो सुब्बा, पुनम जर्घामगर, हिराकुमारी भुजेललगायत खेलाडीले लिगमा उत्कृष्ट प्रदर्शन गर्नु र प्रशिक्षणमा समेत राम्रो प्रदर्शन दिनु सकारात्मक देखिएको छ ।

थापा यस पटक समेत सधैँ झै भारत नै नेपालको तगारो बन्ने र भारतलाई पराजित गर्न घरेलु दर्शक र खेलाडीको ‘इख’ नै ‘ब्रम्हास्त्र’ भएको बताउँछन् ।

‘खेलाडीमा पनि १३औं साग र साफ च्याम्पियनसिप (विराटनगरमा भएको)दुई पटक हारेको पीडा छ । मसँग उपाधि नै जित्न भनेर हान्ने त्यस्तो ब्रम्हास्त्र नै छैन । खेलाडी सधैँ खेल्ने यिनै हुन् । यस पटक घरेलु दर्शक र खेलाडीमा भारतलाई हराउने इख छ । हामी आत्माविश्वासी छौं’, थापाको विश्वास छ ।

दोस्रो पटक नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले साझ ५ बजे भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, दोस्रो खेल १९ भदौमा श्रीलंकासँग रहेको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । अन्तिम समय पाकिस्तानले सहभागी जनाउने भएसँगै प्रतियोगितामा सात टिम रहनेछन् ।

यस पटक महिला टिमको लागि मैत्रीपूर्ण खेल नहुनु दु:खद् पक्ष भएको थापा मान्छन् । ‘पक्कै पनि ठूलो प्रतियोगिताअघि मैत्रीपूर्ण खेल महत्वपूर्ण हुन्छ । तर, हामीसँग यो नै छैन । केही प्रयास भएका पनि थिए, तर सम्भव भएनन्,’ थापाले भने ।

यसअघि सन् २०१० मा बंगलादेशमा आयोजना भएको प्रतियोगितामा नेपाल भारतसँग १–० अन्तरले फाइनलमा पराजित भएको थियो । दुई वर्षपछि सन् २०१२ मा श्रीलंकामा भएको फाइनल खेलमा नेपाल भारतसँग नै फेरि ३–१ अन्तरले हार्याे ।

यता, सन् २०१४ मा पाकिस्तानमा भएको फाइनलमा पुनः ६–० को हार बहोर्याे ।  सन् २०१६ मा भारतमा भएको प्रतियोगितामा नेपाल भारतसँग सेमिफाइनलमा ३–१ अन्तरले पराजित हुँदै पहिलो पटक फाइनल पुग्नबाट बञ्चित भयो । सन् २०१९ मा विराटनगरमा आयोजना भएको प्रतियोगितामा भने नेपाल भारतसँग पुनः ३–१ अन्तरले पराजित हुँदै घरेलु मैदान उपाधि जित्ने योजना सफल बनाउन सकेन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

  • धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

  • पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

    पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

  • धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

  • समाचार
    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

    धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

    पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    नीलकण्ठ एफ.एम.

    स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

    छिटो पहुँच

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    विषयगत क्षेत्रहरू

    • स्थानीय समाचार
    • समाचार
    • अन्तर्राष्ट्रिय
    • राजनीति
    • मनोरन्जन
    • अर्थ
    • खेलकुद
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • साहित्य
    • सुचना
    • अन्य

    सम्पर्क जानकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
    निलकन्ठ नगरपालिका-३, धादिङ्ग
    बागमती प्रदेश, नेपाल

    010521430, 9851120850

    [email protected]

    neelkanthafm.com

    प्रेस काउन्सिल दर्ता न: ......
    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रोसँग जोडिनुहोस्

    ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0