नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,०८ साउन।
धादिङको थाक्रे गाउँपालिकाका न्यायिक समिति र वडाका जनप्रतिनिधिलाई स्थानिय न्याय सम्पादन सम्बन्धी आवशिय तालिम दिइएको छ । सामाजिक कार्यमा क्रियाशिल संस्था चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) नेपालले गाँउपालिकामा गठन हुने न्यायिक समितिका संयोजक गाँउपालिकाका उपाध्यक्ष र बिभिन्न वडाका वडा अध्यक्ष,वडा सदस्यहरु तथा वडा सचिवहरुको उपस्थितिमा स्थानिय न्याय सम्पादन सम्बन्धी तिन दिने आवशिय तालिमको आयोजना गरिएको हो ।
सिड्स नेपालको आयोजना, संस्थागत विकास संजालको साझेदारी, BROT fur die welt को आर्थिक सहयोग तथा थाक्रे गाउँपालिकाको सहकार्यमा गल्छी गाउँपालिका ६ बैरेनीमा शुक्रबारदेखी सुरु भएको तालिम आईतबार सम्पन्न भएको हो ।
संविधान विद तथा प्रशासनिक बिज्ञ काशिराज दाहालले प्रशिक्षण दिनुभएको तालिममा स्थानीय तहको न्यायिक प्रक्रिया र कार्यविधि, सामाजिक कानुनी सहायताको अवधारणा र महत्व, स्थानीय तह सञ्चालन कार्यविधिहरु, वैकल्पीक विवाद र विभिन्न समस्याहरु, हदम्याद, म्याद र म्यादको सिद्धान्त, महिला तथा बालबालिकाविरुद्धका अपराधहरु, व्यक्तिवादी फौजदारी मुद्धाहरु तथा स्थानीय तह र सुशासनका बिषयमा सहभागीलाई आधारभुत जानकारी प्रदान गरिएको सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।
तालिमले आफूहरुलाई स्थानीय तहमा के कसरी न्यान सम्पादन गर्न सकिन्छ भन्ने जानकारी भएको र आगामी दिनमा थप ज्ञान आर्जन गर्न आफूहरु लाग्ने सहभागीहरुले बताएका छन् ।










निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |