Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ १६, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

सम्पादकीय :– साइबर अपराधबाट बचौं

११६३ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ७, शनिबार (२ साल अघि)
सम्पादकीय :– साइबर अपराधबाट बचौं

धादिङ,०७ साउन।
साइबर क्राइमका घटनाहरु बढ्दै गैरहेका समाचारहरु आइरहेका छन् । प्रहरीको साइबर ब्यूरो लगायतका साइबर अपाधसंग सम्बन्धित निकायहरुबाट पनि पछिल्लो साइवर अपराधजन्य गतिविधिको नियन्त्रण तथा कारबाहीको लागि काम भैरहेका छन् ।

यसले साइबर अपराध नियन्त्रण गर्न सहयोग गर्ने अनुमान गरिएको छ । तर पनि अनुमान गरिएको जसरी साइवर अवपराधमा संलग्न हुनेहरुको पहिचान गर्न नसक्दा वा समयमै प्रहरीकोमा पुग्न नसक्दा यस्ता गतिविधिजन्य कार्यहरुको नियन्त्रण प्रभावकारी हुन सकिरहेको छैन ।

समाजमा सामाजिक संजाल प्रयोगकर्ताहरुको निकै धेरै वृद्धि भएको छ । सामाजिक संजाल प्रयोगकर्ताको असावधानिका कारणले पनि साइबर क्राइमजन्य अपराध गर्नेहरुलाई सजिलो भैरहेको छ । साइबर क्राइमबाट बच्नको लागि स्वयम् सामाजिक संजाल प्रयोगकर्ताले पनि सामाजिक संजाल प्रयोगमा केही सावधानी अपनाउनु जरुरी छ ।

सामाजिक संजाल प्र्रयोगकर्ताहरुले आफुले प्रयोग गरिरहेको पासवर्ड गोप्य कोही कसैले अनुमान गर्न नसकिने खालको राख्नुपर्ने पहिलो शर्त हो तर, प्रयोगकर्ताले नै सजिलो अपरिचितले समेत पत्ता लगाउन सकिने खालको पासवर्डको प्रयोग गर्ने गर्नाले पनि अपाराध गर्नेलाई केही सजिलो हुन सक्छ ।

त्यसैगरी इमेल र फेसवुक जस्ता सोसियल नेटवर्कको प्रयोग गरिसकेपछि लगअफ नगर्नेको संख्या उच्च छ, त्यस्ता ठाउँहरुमा अवसर पाउँदा पनि साइबर अपराध गर्नेहरुलाई सजिलो हुनेछ, अर्को कुरा त हामीले प्रयोग गर्ने सामाजिक संजाल प्रयोग गरिसकेपनि पासवर्ड रिमेम्बर गरेर राख्ने चलन कयौंँमा छ यसका कारण पनि कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरु साइबर अपराधबाट पीडित भैरहेका छन् ।

सोसियल नेटवर्किङ साइटहरुमा प्रयोगकर्ताले नै नचिनेका साथीलाई याड गर्ने, कुराकानी गर्ने जस्तो नियमित दोहोरो सम्बादपछि पनि उनीहरुले प्रयोगकर्ताको कतिपय गोप्य कुरा पत्ता लगाउने हुन्छ पछि उसलाई समस्यामा पार्ने जस्ता गतिविधिहरु समेत हुने गरेको पाइन्छ यस खालका समस्याबाट पछिल्लो समय खासगरी युवा युवतीहरु पीडित भैरहेका छन् ।

समाजमा मुख देखाउनै गाह्रो हुने गरी अपराधिले कपट गर्ने, नराम्रा शब्दावलीहरुको प्रयोग गर्ने, नराम्रा फोटा तथा भिडियोहरुको प्रयोग गर्ने गर्दा कतिपयलाई निकै धेरै समस्यामा पारेको पाउन सकिन्छ । यसको अर्को मुख्य कारण भनेको आफु समस्यामा पर्दा छिटो भन्दा छिटो प्रहरीकोमा नपुग्नुका कारण पनि हो ।

हामी सामाजिक संजाल प्रयोगकर्ताहरुको इमेल, फेसवुक आइडि वा अन्य किसिमका सामाजिक नेर्टवर्किङ साइट ह्याक भएको आफूले जानकारी पाउने वित्तिकै प्रहरीको साइबर व्यूरोमा जाने हो भने उसलाई चाँडो भन्दा चाँडो नियन्त्रण गर्न प्रहरीलाई समेत सफलता मिल्नेछ जसका कारण समाजमा आगामी दिनहरुमा घट्ने सामान्य वा जटिल खालका सबै अपराधका घटनाहरु निरुत्साहित हुँदै जानेछन् यसर्थ जो जसले आफू पीडित भएको महसुस् गर्ने वित्तिकै प्रहरीकोमा जान र आफ्नो केस अगाडि बढाउन डरानु हुँदैन भन्ने कुरा बुझ्नु जरुरी छ ।

पछिल्लो समय प्रहरी कार्यालयहरुबाट पनि साइवर अपराध सम्वन्धि सचेतनामुलक कार्यक्रम संचालन गर्ने कामहरु संचालन भैरहेको छ यसले पनि यसबारे केही प्रचार प्रसार भैरहेको छ, यस्ता कार्यक्रमहरुका कारण साइबर अपराध गर्नेहरु एक त निरुत्साहित हँुदै जानेछन् भने पीडितहरु पनि छिटो भन्दा छिटो प्रहरीकोमा पुग्ने हुँदा दोषि पत्ता लगाई कानूनी दायरामा ल्याउन सहजता मिल्नेछ ।

प्रहरी मात्रैले नभएर समाजमा सकारात्मक परिवर्तनको सोंच राख्ने आम युवाहरुले यो अभियानलाई साथ दिने हो भने यस्ता खालका अपराधको निरुपण गर्न सजिलो हुनेछ । साइबर अपराध नियन्त्रणको लागि सबैले हालोमालो गरौं, यसले हाम्रा आगामी दिन उज्जवल हुँदै जानेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

  • धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

  • नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

  • समाचार
    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    धान दिवस : किसानको पिडामा पर्वको भड्किलोपन ?

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0