काठमाण्डौ,०४ साउन।
देशभरको ७ सय ५३ पालिकामध्ये अझै २ सय २ वटा पालिकाले बजेट विवरण पेस गरेका छैनन् । साउन ४ गते बुधबार बिहानसम्म ५ सय ५१ वटा पालिकाले मात्रै आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेट प्रविष्ट गरेका छन् । पालिकाले असार मसान्तभित्र बजेट पारित गरी प्रविष्ट गर्नुपर्नेमा केही पालिकाले अहिलेसम्म पनि विवरण नबुझाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएकमो छ।पेस नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा उल्लेख छ ।
बजेट पेस गर्न बाँकी रहेका धेरै पालिका मधेस प्रदेशका रहेका छन् । गण्डकीका धेरैजसो पालिकाले विवरण बुझाएका मन्त्रालयको पोर्टलमा उल्लेख छ । प्रदेशगत रुपमा प्रदेश एकका १ सय ३७ पालिकामध्ये ३० वटाले, मधेश प्रदेशका १ सय ३६ मध्ये ६४ वटाले, वाग्मतीका १ सय १९ मध्ये ३३ वटाले, गण्डकीका ८५ पालिकामध्ये ९ वटाले विवरण बुझाउन बाँकी छ । त्यस्तै लुम्बिनीका १ सय ९ मध्ये २३ वटा, कर्णालीका ७९ मध्ये १८ र सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये २५ वटा पालिकाले विवरण बुझाएका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा (६) मा नगर/गाउँसभाले असार मसान्तसम्म आउँदो आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अनुसार नै बजेट पारित भएको विवरण अनिवार्य रुपमा संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको पोर्टलमा अध्यावधिक गराउन मन्त्रालयले ताकेता समेत गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |