नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ,०३ साउन।
धादिङको गंगाजमुना गाउँपालिकामा व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम संकलन गर्ने दुई जना पक्राउ परेका छन् । कर कार्यालयका कर्मचारी बताउँदै कर संकलन गर्न गाउँ आएको भन्दै कर रकम संकलन गरिरहेको अवस्थामा सोमबार देव अधिकारी र मैना सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
उनीहरूले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिक रूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका छन्।
रकम लिएपछि उनीहरूले ओम शिवशक्ति सेल्स सेटरको नगदी रसिद दिएका थिए। करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैंले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत् मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए।
प्रहरीले पक्राउ गरेपछि मात्र आरोपितले पसलेलाई कर तिर्न जान टाढा हुने भएकाले आफूहरूले साना व्यापारीसँग कर संकलन गरी लगेर कर तिरिदिने उद्देश्यले रकम लिएको बताएका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |