प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,३२ असार।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा कुमाल समुदायले ताला लगाएका छन् । बजेट विनियोजनमा असन्तुष्टि जनाउदै शनिबार कुमाल समुदायले ताला लगाएका हुन् ।
कुमाल संग्राहलय निर्माणको लागि बजेट नछुट्याइएको, खानेपानी आयोजना निर्माणमा वेवास्ता गरि वडा अध्यक्षले कुमाल समुदायको मागलाई वेवास्ता गरेका कारण वडा कार्यालयमा ताला लगाएको कुमाल समाजका केन्द्रिय महासचिव ठाकुर कुमालले बताउनुभयो ।
वडामा आएको बजेटको विषयमा कुमाल समुदायलाई नसमेटि एकलौटी ढंगले बजेट विनियोजन भएकाले समुदायको नेतृत्व गर्दै ताला लगाइएको उहाँको भनाई छ । माग सम्बोधन नभएसम्म ताला नखोल्ने पनि उहाँले बताउनुभयो ।
यता वडा अध्यक्ष प्रकाश श्रेष्ठले भने कुमाल समुदायले उठाएका मागहरु सम्बोधन हुने बताउनुभएको छ । उहाँले योजनाहरु नगरपालिकाको रातो किताबमा नआउँदै ताला लगाउनुभएकाले छलफलबाट समस्याको समाधान गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |