नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
काठमाडौं,३१ असार।
एमालेले स्वास्थ्य क्षेत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादी मात्र भएको आरोप लगाएको छ ।
एमाले स्वास्थ्य तथा जनसंख्या बिभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी सचिवसमेत रहेका विभाग प्रमुख योगेश भट्टराईले २६ बुँदामा सरकारको विरोध गरेको हो । उनले सरकारको असक्षमताका कारण कोभिडको १० लाख डोज खेर गएको र अब चाँडै २० लाख खोप म्याद सकिएर फाल्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।
‘कमजोर व्यस्थापन र नेतृत्वका कारण १० लाख मात्रा बढी खोपको मिति सकिएर फालिएको तीतो सत्य हाम्रासामु छ । पछिल्लो सूचनाअनुसार मन्त्रालयले थप २० लाख डोज खोप मिति सकिएर फाल्ने तयारी गरिरहेको भन्ने छ । प्रम शेरबहादुर देउवाले आफ्नो सरकारको प्राथमिकता ‘खोप, खोप र खोप’ रहेको र ०७८ चैत मसान्तसम्म शतप्रतिशत खोप लगाउने’ भनी गरेको घोषणा हावादारी गफमा परिणत भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बालबालिकामा खोपको पहुँच अझै पनि अत्यन्तै न्यून छ ।
तेस्रो मात्रा (अतिरिक्त डोज) खोप प्राप्त गर्नेको संख्या २० प्रतिशतको हाराहारी मात्र छ । कर्णाली प्रदेशका सबै जिल्ला, खोटाङ, रौतहट, बझाङ, सिरहा, धनुुषा, सिन्धुली, उदयपुर, मोरङ र पाँचथरलगायतको जिल्लाहरुमा अझै पनि जनसंख्याको ४० प्रतिशतले खोप पाएका छैनन्।’
एमालेले स्वास्थ्य क्षेत्रमा सरकार प्रथम दृष्टिमै असफल भएको जनाएको छ । ‘गत आ.व.मा स्वास्थ्य क्षेत्रमा रु. १५१ अर्व बजेट विनियोजन गरेकोमा आ.व. २०७९/८० मा १२३ अर्वमा सीमित गरिएको छ । यो गत आ.व.को तुलनामा लगभग १९ प्रतिशत कमी हो । बजेट व्यवस्थापनका दृष्टिले सरकार जनस्वास्थ्यको सवालमा कति उदासीन छ भन्ने यसबाट पनि प्रस्ट हुन्छ । प्रथम दृष्टिमै स्वास्थ्य क्षेत्रमा सरकार असफल छ भन्ने कुराको प्रमाण हो,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ २६ बुँदे तथ्य-

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |