तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,१८ असार ।
पूर्व संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ ।
शुक्रबार निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन् ।
जसमा धादिङ जिल्लाबाट ४ जना केन्द्रीय कार्यसमिति सदस्यमा चयन भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिबाट डोल प्रसाद अर्याल, बसुमायाँ तामाङ, विष्णुकुमार श्रेष्ठ र त्रिपुरासुन्दरी गाउँपालिकाबाट उपेन्द्र पाण्डे चयन भएका हुन् ।
जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् । पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । प्लेन तदर्थ समितिको बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भातृ संगठन पनि नबनाउने नीति लिएको छ ।
उक्त पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ । महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन । शुक्रबार दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले गोलाकार भित्र घण्टी चुनाव चिन्ह पाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |