Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २१, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

२९५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३, शुक्रबार (३ साल अघि)
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

काठमाडौं, ३ असार

३ असार २०७९, शुक्रबार । १७ जुन २०२२ । असारकृष्णपक्ष तृतीया, विष्टि करण, उत्तरषाढा नक्षत्र, इन्द्र योग, चन्द्रमा मकर राशिमा छ । आज बिहान सूर्योदय ०५ः०९ मा भएको छ भने सूर्यास्त ०७ः०२ मा हुनेछ । आजका देवता पिृत र ग्रहदेव राहु हुन् ।भनिन्छ, शुक्रबारको दिन यात्राका लागि शुभ मानिन्छ । आज बिहान ११ः३८ देखि १२ः३३ सम्मको समय शुभ रहेको छ । शुक्रबार दिन मनोरञ्जनात्मक कार्यका लागि शुभ मानिन्छ । कसैसँग सौन्दर्य सामग्री खरिदका लागि शुक्रबार राम्रो दिन हो ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
रोजगारीको क्षेत्रमा सफलता मिल्न सक्छ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको दर्शन गर्दा राम्रो हुनेछ । नयाँ  काम शुरु गर्दा सफलता प्राप्त हुनेछ । आजको दिन नियमित र योजनामुताविक काम गर्दा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार व्यवसायमा अर्थलाभ हुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । अध्ययनअध्यापनमा निरन्तर लागिरहनु होला । कसैलाई पनि दूवाच्य नबोल्नु र मौन रहनु वेश हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आज परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् ।  मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा हर्ष छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । आफनो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । आज कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । मनमा अनेक कुरा खेल्नेछन् । सरकारी काममा विध्न बाधा आएको छ भने आजको दिन शुरुवात गर्दा सफल हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । आज बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्दा सफलता प्राप्त हुनेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आफन्तसँग सम्बन्ध विग्रन सक्छ । मित्रमण्डलीले दोष लगाउन सक्नेछन् । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको  धनीराशिबाट घरमा कुमारी कन्या र महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक  लागिरहनु होला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ तर काममा निरन्तता दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने सफलता मिल्नेछ । सामाजिक सेवामा मन जानेछ । घर परिवारमा सदस्यहरुबीच  सम्बन्ध राम्रो हुनेछ । कसैसँग काम विशेषबाहेक अन्य कुरा गर्दा होस गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनु राशि भएका जातकका लागि दिन बलियो छ । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा अर्थ हानी र सोचअनुसार काम नहुँदा निराश हुनुपर्नेछ । योजना मुताविक काम हुँदैन ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
विगतका कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ ।  अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । साना बालबालिकालाई लेख्ने, पढ्ने सामग्री दिनुहोला । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । घर बाहिरबाट आउँदा परिवारका सदस्यलाई केही खानेकुरा लिएर मात्र घर प्रवेश गर्नुभयो भने मनमा उत्साह भरिने छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन मौन बस्नु, यात्रा र अनावश्यक कामबाट हानी हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । एकचित्त भएर आफ्नो नियमित काम मात्र गर्नुहोला । आजको दिन अर्थलाभ हुनेछ । सिर्जनात्मक कामको शुरुवात गर्नुहोला ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

  • नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • समाचार
    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0