Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ ७, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण, प्रहरीबाट छुटाएर मुख्यमन्त्री निवासमै राखियो

४५० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १, बुधबार (३ साल अघि)
महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण, प्रहरीबाट छुटाएर मुख्यमन्त्री निवासमै राखियो

बुटवल, १ असार

परपुरुषकी श्रीमती र नावालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् ।

प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राखेका छन् । मुद्दाको किनारा नलाग्दै अभियुक्त वलीलाई संरक्षण दिएपछि मुख्यमन्त्रीको आलोचना हुन थालेको छ ।

प्रहरी हिरासतमा रहेकी वलीलाई गएराति दाङबाट बुटवल ल्याइएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी सुरक्षाका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री केसीको निवासमा ल्याइएको हो ।

अहिले विमला वली मुख्यमन्त्री निवासमै छन् । आफू अस्वस्थ भएको बताएकाले उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

कुटपिटमा परेकी पीडित मिना भण्डारी बस्नेतले मन्त्री वलीविरुद्ध मंगलबार दाङमै किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरी परेपछि मुख्यमन्त्री केसीले दाङका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई बारम्बार फोन गरी हिरासतबाट छुटाएर बुटवल ल्याउन दवाव दिएका थिए । मुख्यमन्त्रीको दवाबपछि वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याइ मुख्यमन्त्री निवासमा राखिएको हो ।

मंगलबार बिहान करिब ८ बजे अंगरक्षकसहित झण्डावाला गाडी लिएर दाङ तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी उनकी पत्नी मिना र नावालिक छोरीलाई कुटपिट गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो ।

राज्यमन्त्री वलीले आफ्नो फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तथा पैंसासमेत नदिएकोले आवेगमा आएर बस्नेतको घर पुगेको प्रहरीसमक्ष बताएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

पीडित मिनाले वलीविरुद्ध उजुरी दिए पनि दर्ता भएको छैन । हदम्याद भित्र प्रहरीले उजुरी दर्ता गर्ने प्रहरी स्रोतले बताएको छ । बाहालवाला मन्त्रीलाई पक्राउ गर्न र थुन्न पाउने कानुन नभएकाले दर्ता नभएको प्रहरीको दावी छ । “ब्यवस्थापिका संसद चलिरहँदा सभामुखको पत्र वा आदेशबिना हामीले केही गर्न सक्ने अवस्था रहँदैन”–एक प्रहरी अधिकारीले भने ।

प्रशासन र सभामुखबाट पत्राचार वा समन्वयमा मात्रै उजुरी दर्तालगायतका प्रक्रिया अगाडि बढ्ने प्रहरीले बताएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले वलीलाई मन्त्री र सांसद पदबाट बर्खास्त गर्न र कानुनी कारवाही गर्न माग गरेको छ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आपराधिक कार्य गरेकाले  वली नैतिकरुपमा पदमा बस्न नमिल्ने भन्दै बर्खास्त गर्नुपर्ने माग गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

    नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

  • नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

    नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

    नेत्रावती डवजोङ गाउँपालिकाले ल्यायो ४६ करोड २७ लाख बजेट, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत स्वीकृत

    नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

    नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न ,आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0