काठमाडौं, ३१ जेठ
आज बिहान गण्डकी, बागमती, मधेश र प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १ र मधेसका एक-दुई स्थानमा भारी वर्षाको प्रक्षेपण पनि गरिएको छ । त्यस्तै,, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।
बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ ।
प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव छ । अन्य प्रदेशमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |