Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २१, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

कमल थापाका तीन एजेन्डा : राजसंस्था स्थापना असम्भव, हालको निर्वाचन प्रणाली असफल र पूर्ण स्वतन्त्रतासहित हिन्दू राष्ट्र

३८८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३०, सोमबार (३ साल अघि)
कमल थापाका तीन एजेन्डा : राजसंस्था स्थापना असम्भव, हालको निर्वाचन प्रणाली असफल र पूर्ण स्वतन्त्रतासहित हिन्दू राष्ट्र

काठमाडौं, ३० जेठ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना परिवर्तन गर्नुपर्ने बताएका छन् । राप्रपा नेपाल गण्डकी कार्यसमितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको उनले बताए ।

प्रदेश सरकार आवश्यक नभएको र यसलाई खारेज नै गर्नुपर्ने उनको भनाइ छ । ‘विगतको अनुभवलाई दृष्टिगत गर्दै केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार रहने गरी संघीय  संरचना बनाउनु पर्छ,’ उनले भने, ‘राप्रपा नेपालले संघीय संरचना सुधारको एजेण्डालाई बोकेर अगाडि बढ्छ ।’ पाँच वर्षको अनुभवमा तीन तहको संघीय संरचनामा प्रदेश सरकारको प्रभावकारिता नदेखिएको उनको भनाइ छ ।

निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक
पूर्व गृहमन्त्री समेत रहेका थापाले अहिलेको निर्वाचन प्रणाली पनि असफल भएको बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए ।

‘७० वर्षसम्म संसदीय व्यवस्थालाई अवलम्बन गरियो, यसले राजनीतिक स्थायित्व कायम गर्न सकेन,’ उनले भने, ‘आर्थिक विकास र समृद्धि हासिल हुन नसक्ने निर्वाचन प्रणालीलाई परिवर्तन  गर्नुपर्छ ।’ अहिलेको निर्वाचन प्रणालीमा कमी कमजोरी, विकृति र विसंगति देखिएको, पैसाको चलखेल, सत्ता र शक्तिको दुरुपयोग हुने गरेकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उपयुक्त भएको भनाइ थापाको भनाइ छ । प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचनबाट निर्वाचित संसद र संसदबाट निर्वाचित राष्ट्रपति हुने निर्वाचन प्रणाली नै आवश्यक भएको थापाको दाबी छ ।

नेपाल पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र
राप्रपा नेपालका अध्यक्ष थापाले समयअनुसार पार्टीले आफ्नो सिद्धान्त, अवधारणा र मान्यतालाई परिवर्तन गरेको बताए । उनले राष्ट्रियता, लोकतन्त्र र हिन्दू राष्ट्रको मान्यतामा आधारित समवद्र्धनवाद पार्टीको वैचारिक दर्शन हुने बताए ।

गणतन्त्र स्थापानापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दू राष्ट्र स्थापना गर्नुपर्ने भनाइ उनको छ । ‘गणतन्त्र स्थापनापछि नेपाल राज्यको इतिहास, हाम्रो धर्म, संस्कृतिको अवमुल्यन हुने गरी जुन भाष्य तयार गरिएको थियो, त्यो आपत्तिजनक छ,’ थापाले भने, ‘हाम्रो इतिहासलाई कंलकित गर्ने, सनातन धर्म संस्कृति, मूल्य मान्यतालाई अवमूल्यन गर्ने जुन किसिमको भाषा प्रस्तुत गरियो, त्यसको विकल्पमा सनातन धर्म, संस्कृति, परम्पराको संरक्षण गर्दै राष्ट्रको विकास गर्न सकिन्छ भन्ने मान्यता लिएर अगाडि बढेको हौं, हिन्दू राष्ट्र बनाउने दिशामा नै केन्द्रित भएर लाग्छौं ।’

राजसंस्था स्थापना सम्भव छैन
नेपालमा गण्तन्त्र स्थापना भएपछि पनि संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएका थापाले अब राजसंस्थाको स्थापना  सम्भव नभएको बताए । ‘पूर्वराजा ज्ञानेन्द्र साहको सकारात्मक भूमिका भएको भए राजसंस्था फर्किन सक्थ्यो,’ उनले भने, ‘हामी राज संस्थाको वकालत गर्दै देशव्यापी रुपमा परिचालित भयौं । तर, राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन दुरी बढाउने काम भयो, अब राजसंस्थाको स्थापना सम्भव छैन ।’

व्यक्तिगत रुपमा पूर्वराजाप्रति सम्मान भए पनि राप्रपा नेपालले राजसंस्थाको मुद्दालाई छोडिसकेको थापाको भनाइ छ । उनले राप्रपा र राप्रपा नेपालले राजसंस्थाको वकालत गर्दा पूर्वराजाले सकारात्मक भूमिका खेल्न नसकेको भनी आलोचना गरे । राज संस्थासँग धेरैको गुनासो नभए पनि राजा बन्ने पात्रहरू सम्झिदा अब सम्भव नभएकोले यो मुद्दालाई राप्रपा नेपालले छाडेको जिकीर थापाको छ । ढिलो चाँडो राजेन्द्र लेङ्देनलगायतका पनि राप्रपा नेपालको बाटोमा आउने दाबी थापाको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

  • नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • समाचार
    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0