निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ,२७ जेठ ।
जिल्ला समन्वय समिति (जिसस) धादिङको सबै पदमा सत्ता गठबन्धनका उम्मेदवार निर्विरोध चयन भएका छन् ।
जिससको अध्यक्ष, उपाध्यक्ष र ७ जना सदस्य गरी ९ पदमा एक÷एक जना सत्ता गठबन्धनबाट मात्रै उम्मेदवारी परेसँगै सबै पदमा निर्विरोध भएका हुन् ।
सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मिलेर साझा उम्मेदवारी दिए भने एमाले उम्मेदवारी नदिएपछि सबै जना निर्विरोध भएका हुन् ।
अध्यक्षमा माओवादी केन्द्रबाट नवराज अधिकारी, उपाध्यक्षमा एकीकृत समाजवादीका कुलमान विश्वकर्मा र सदस्यहरुमा कांग्रेसबाट ७ जना सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसीले मात्रै उम्मेदवारी दिएपछि सबै जना निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित भएपनि घोषणा भने निर्वाचन कार्यलदयले मतदानको लागि तोकेको दिन जेष्ठ २९ गते गर्ने बताईएको छ ।
जिल्ला समन्वय समितिमा कसैको पनि एकल बहुमत छैन । २ नगरपालिका र ११ गाउँपालिका रहेको धादिङमा नेपाली काँग्रेसले सात पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेको छ ।
माओवादी केन्द्रले ३ प्रमुख ५ उपप्रमुख जितेको छ भने नेकपा एसले १ प्रमुख र ३ उप्रमुख जितेको छ । नेकपा एमालेले २ प्रमुख जितेको छ । जिल्लामा प्रमुख र उपप्रमुख गरी १४ पु¥याउँदा समन्वय समिति एकलौटी बन्छ । तर, कुनैपनि पार्टीको एकलौटी १४ जना प्रमुख र उपप्रमुख पुग्दैन । बुधबार मात्रै सत्ता गठबन्धनका दलहरुले भागबण्डा टुंग्याएका थिए ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |