बारा, १२ जेठ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रममा सहभागी भएर चैते धानखेती गरेका ठोरीका किसानको धानमा दाना नलाग्दा किसानहरू चिन्तामा परेका छन् ।
५० प्रतिशत अनुदानमा बीउ सुविधा र अन्य यान्त्रीकरणको सुविधा प्राप्त गरेर धानखेती गरेका ठोरी गाउँपालिका– ३ का अधिकांश किसानको खेतको धानमा बाला पसाए पनि दाना लागेको छैन । धान जोनअन्तर्गत करिब ११० बिघा र अन्य किसानले व्यक्तिगतरूपमा रोपेको धानमा बाला लागे पनि दाना नलागेर त्यसै सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।
धान जोन कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा उपलब्ध भएको हर्दिनाथ–१ प्रजातिको धान लगाएका किसानको खेतमा नै बाला सुक्न थालेपछि लगानी र मेहनत दुवै खेर जान लागेको ठोरी–३ का नवनिर्वाचित अध्यक्ष शम्भु खड्काले बताए । ठोरी–३ मा सिंचाइको उपलब्धता र धानखेती धेरै हुने भएकोले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत धान जोन कार्यक्रम लागू गरिएको छ ।
यस्तै, धान जोनमा सहभागी नभएका अन्य किसानहरूले समेत धानखेती गर्ने गरेका छन् । ठोरी–३ मा मात्र यस वर्ष करीब तीन सय बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको चैते धानमा दाना नलागेको स्थानीय अगुवा ठाकुरप्रसाद न्यौपानेले जानकारी दिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |