निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ–७, ८ र ९ मा नेकपाका उम्मेद्वार रामबहादुर भण्डारीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
नेत्रावती,१० जेठ ।
नेत्रावती डबजोङ गाउपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा पदभार ग्रहण पश्चातको पहिलो निर्णय सार्वजनिक गरेका छन् । उनले गाउपालिका भित्र बसोबास गर्ने असाहय, गरिव, उत्पीडन वर्ग, दलित, अल्पसख्यक समुदायका मानिसहरुको मृत्यु भएमा शव दाह संस्कार र आफनो परम्परा अनुसार काजक्रियाका लागी दश हजार दिने निर्णय गरेका हुन् ।
सोमबार जिल्ला समन्वय समितिको हलमा प्रमुख निर्वाचन अधिकृत बाट सपथ लिई गाउपालिका पुगेर पदभार सम्हालेका रिजालले उक्त निर्णय गरेका हुन् । उनले सोमबार नै गाउपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष तथा निर्वाचित जन प्रतिनिधिहरुलाई सपथ समेत खुवाएका थिए ।
अध्यक्ष रिजालले आफ्नो पांच बर्षे कार्यकालमा नेत्रावती डबजोङ गाउपालिकालाई नमुना गाउपालिका बनाउने समेत बताउनु भएको छ । पदभार पश्चात उनले नीलकण्ठ एफ.एमको कुराकानीमा सो कुरा बताउनु भएको हो ।
आफु निर्वाचित भएपछि आफ्नो कार्यकालमा नेत्रावती डबजोङ गाउपालिका भित्र स्वच्छ पिउनेपानी बितरणको लागी एक घर एक धाराको कार्य अगि बढाईने,माध्यामिक तह सम्मको शिक्षालाई निशुल्क गरिने,प्रत्येक वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्तालाई बितरणमा सहजिकरण गर्ने,गाउपालिका भित्र मृत्यु भएका परिवारहरुलाई अन्तिम संस्कार कार्य सम्पन्न गर्नको लागी रु दश हजार सहयोग, २० युनिट सम्म बिजुली महशुल गाउपालिका बाट भुक्तानी दिने ब्यवस्था गर्ने, ७० बर्षका बृद्धबृद्धाहरुलाई घरमा नै प्रत्येक महिनाको अन्तिममा स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था गरिने,मुख्य सडकलाई हिलो र धुलो मुक्त बनाउदै पिज बनाउने कार्यलाई थालनी गरिने, युवा सोरोजगार कार्यलाई अघि बढाईने, गाउपालिकामा संकलन केन्द्र र चिस्यान केन्द्रको निर्माण गरि किसानहरुलाई प्रोत्साहन गरिने, गाउपालिका बाट प्रदान हुने सवै सेवाहरुलाई चुस्त दुरुस्त छिटो छरितो बनाउने, कर प्रणालीमा परिवर्तन गरि सहुलियत प्रदान गरिने, मृत्यु दर्ता प्रमाणपत्रलाई निशुल्क प्रदान गरिने बताउनु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |